|

काठमाडौं : चिकित्साशास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार मानव विकासक्रमको बारेमा काम गरेबापत स्वीडेनका वैज्ञानिक स्वान्टे पाबोलाई प्रदान गरिने भएको छ।

‘विलुप्त होमिनिस र मानव विकासको जीनोमको बारेमा उनको खोजको लागि’ उनलाई फिजियोलोजी अर मेडिसिनतर्फको नोबेल पुरस्कार प्रदान गर्न लागिएको पुरस्कार समितिले बताएको छ।

पुरस्कार समितिले मानव जातिको विलुप्त तर अहिलेको मानव जाति निकट पूर्वज प्रजाति नीयनडर्थलहरूको आनुवंशिक कोड पत्ता लगाएर असम्भव देखिने खोज गरेकोले उनलाई पुरस्कार दिइएको हो। 

उनले पहिले पत्ता नलागेका होमिनिन अर्थात् मानव जातिका अज्ञात नजिकका पूर्वज डेनीसोभाहरू पत्ता लगाउने ‘सनसनीपूर्ण’ उपलब्धि पनि हासिल गरेको जनाइएको छ। 

उनको कामले मानवको आफ्नै विकासक्रमको इतिहास र कसरी मानिसहरू पृथ्वीभरि फैलिए भनेर खोजी गर्न मद्दत पुगेको बताइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.