|

काठमाडौं : उत्तर कोरियाले उत्तरी जापानमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। जापानको होक्काइडो आइल्याण्डमा उत्तर कोरियाले आधारभूत दूरीको मिसाइल प्रहार गरेपछि जापान सरकारले त्यहाँका नागरिकलाई घरबाहिर ननिस्किन अपिल गरेको छ। 

रेल सेवासमेत अवरुद्ध गरिएको छ। सन् २०१७ पछि उत्तर कोरियाले जापानमाथि पहिलो पटक मिसाइल प्रहार गरेको हो। जापानका प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाको यो कदमको कडा निन्दा गरेका छन्। उनलेउत्तर कोरियाको कदमलाई ‘हिंस्रक व्यवहार’ को संज्ञा दिएका छन्। आफ्नो भूमिमा मिसाइल प्रहार भएपछि जापान सरकारले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएको छ। 

जापान सरकारले यो मिसाइल जापानको करिब ३ हजार किलोमिटरको दूरीमा रहेको प्रशान्त महासागरमा खसेको बताएको छ ।  दक्षिण कोरियाले स्थानीय समयअनुसार बिहान साढे सात बजे प्रक्षेपण गरिएको मिसाइल जापानको हवाई क्षेत्र हुँदै समुद्रमा खसेको जनाएको छ। उत्तर कोरियाले एक हप्ताभित्र पाँचौ मिसाइल परीक्षण गरेको हो। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.