|

काठमाडौं : उत्तर कोरियाको ‘खतरनाक एवं लापरवाह’ परीक्षणको विरोधमा दक्षिण कोरिया र अमेरिकी सेनाले समुद्रमा क्षेप्यास्त्र प्रहार गरेको छ । 

उत्तर कोरियाले जापानको आकाशमाथि क्षेप्यास्त्र प्रक्षेपण गरेको जवाफमा दक्षिण कोरिया र अमेरिकी सेनाले क्षेप्यास्त्र प्रहार गरेको सोलले बताएको बीबीसीले उल्लेख गरेको छ। 

क्षेप्यास्त्रहरू सी अफ जापानको रूपमा चिनिने कोरियाली प्राय द्वीप र जापानबीचको पूर्वी सागरमा प्रहार गरिएको थियो।

प्योङयाङले सन् २०१७ यता पहिलोपटक जापानको आकाश हुँदै प्रशान्त महासागरमा मंगलबार ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो।

जवाफमा अमेरिका, जापान र दक्षिण कोरियाले शक्ति प्रदर्शन गर्दै सैन्य अभ्यास गर्दै आएका छन्। 

बुधबार दक्षिण कोरिया र अमेरिकाले अमेरिकी सेनाले बनाएको रणनीतिक क्षेप्यास्त्र प्रणालीको एक जोडी क्षेप्यास्त्र प्रहार गरेको विज्ञप्तिमा उल्लेख छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.