|

जनकपुरधाम :  जनकपुरधामको प्रसिद्ध शक्तिपीठ माता राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ९ सय ४१ बोका बलि  दिइएको छ।

निशा पूजा सम्पन्न भएलगत्तै सोमबार राति ८ बजेर ४१ मिनेटदेखि सुरु भएको बलि प्रदान मंगलबार बिहान ३ बजेर ५३ मिनेटसम्म चलेको थियो। बलि प्रदानका लागि हजारौंको संख्यामा श्रद्धालु भक्तजन सोमबार दिउँसोदेखि लाइनमा लागेका थिए।

बलि प्रदानको कार्यक्रम बिहान ३ :५३ बजेसम्म चलेको स्थानीय राम युवा कमिटीका अध्यक्ष प्रमेश्वर साहले बताए। बोका बलिका लागि यसपालि ४ वटा अस्थायी ठेहा राखिएको थियो। प्रत्येक ठेहाका लागि १० जनाको समूहमा स्वयंसेवक परिचालित गरिएको थियो भने एक मिनेटमा एउटा ठेहामा ६ वटा गरी प्रतिमिनेट २४ वटा बोकाको बलि प्रदान भएको साहले जानकारी दिए।

बलि प्रदान कार्यक्रमलाई व्यवस्थित बनाउन ५ सयको संख्यामा स्वयंसेवक परिचालन गरिएको थियो। बोकाको लाइनसहित डोरी र व्यवस्थापनको लागि समेत प्रति ठेहा १० जना जनशक्ति खटाइएको थियो। राजदेवी मन्दिरमा यसअघि २०७८ सालमा १४ हजार ३ सय ६६ बोकाको बलि प्रदान गरिएको थियो भने २०७७ सालमा ८ हजार ९ सय ६८, २०७६ सालमा १४ हजार ९ सय ९७, २०७५ सालमा १४ हजार ९ सय ९७, २०७४ सालमा १२ हजार ३ सय ७, २०७३ सालमा १४ हजार ६ सय १७, २०७२ सालमा १३ हजार ८ सय १, २०७१ सालमा १४ हजार ७ सय २२, २०७० सालमा १४ हजार ८ सय ६१, २०६९ सालमा १४ हजार ८ सय ६१, २०६८ सालमा १२ हजार ६ सय ५१, २०६७ सालमा १३ हजार ५ सय ५२ र २०६६ सालमा ११ हजार ७ सय ९३ बोकाको बलि प्रदान गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.