|

अर्जेन्टिनाका पीएसजी स्टार लियोनेल मेसी युरोपियन च्याम्पियन्स लिग फुटबलमा फरक ४० क्बल विरुद्ध गोल गर्ने पहिलो खलाडी बनेका छन्।

बुधबार राति पेरिस सेन्ट जर्मेइन (पीएसजी) बेन्फिकासँग १–१ गोलको बराबरीमा रोकिए पनि मेसीले भने कीर्तिमान बनाए। समूह एच अन्तर्गत आफ्नो तेस्रो खेलमा पीएसजीले २२औं मिनेटमा अग्रता लिएको थियो। 

नेयमारको पासमा आकर्षक गोल गरेका मेसी च्याम्पियन्स लिगमा फरक ४० क्लबविरुद्ध गोल गर्ने पहिलो खेलाडी बने।

तर ४१औँ मिनेटमा पिएसजीका डानिलो पिरेइराको आत्मघाती गोलमा बेन्फिका खेलमा फर्किएको थियो। बेन्फिकाका गोन्कालो रामोस र डेविड निरेशको प्रहार विफल पार्दै गोलकिपर जियानलुगी डोनारुमाले पिएसजीको संकट टारेका थिए।

पीएसजी तीन खेलमा सात अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको बेन्फिकाको पनि समान खेलमा समान सात अंक छ। तेस्रो स्थानको युभेन्टसको तीन अंक छ.

चौथो स्थानको मकाबी हैफाले खाता खोल्न सकेको छैन। समूह एचकै अर्को खेलमा युभेन्टसले पहिलो जित निकाल्ने क्रममा हैफालाई ३–१ ले पराजित गर्‍यो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.