|

दाङ : जिल्लामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १५ निवासी ४८ वर्षका  मदन डाँगी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

बुधबार दशैं टीकाको दिन मामाघरमा रहेका छोराछोरीलाई लिन जाने क्रममा खैरेनी खोलाले बगाउँदा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। बुधबार  बेपत्ता भएका डाँगीको शव बिहीबार  बिहान भेटिएको थियो। शवलाई प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ।

यस्तै, अर्का एकजना गुर्जे खोलाले बगाउँदा वेपत्ता भएका छन्।  घोराही  १० दक्षिण अमराईबाट सरातर्फ आउने क्रममा ५५ वर्षका कल्लु चौधरी बुधबार बेपत्ता भएका हुन्। उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.