|

काठमाडौं : आश्विन शुक्ल पक्षको द्वादशी, बडादशैँको टीका लगाउने क्रम शुक्रबार पनि जारी छ। 

नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ। 

घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जाने गर्छन्। यो क्रम पूर्णिमासम्म रहन्छ।

आश्विन शुक्ल पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन छ।

यातायातका साधन कम चलेका कारण सर्वसाधारण मारमा परेका छन्।

यसैगरी वर्षाका कारण पनि टीका लगाउन जान समस्या भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.