|

काठमाडौं : नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चुनावी तालमेल गर्न सहमत भएका छन्।

आज दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरुले सिट संख्या र स्थानसमेत टुङ्गो लगाउने गरी छलफल गरेका छन्।

राप्रपा अध्यक्ष लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, निर्देशक समितिका प्रमुख डा. प्रकाशचन्द्र लोहनीसहितका नेताहरु बालकोट पुगेका थिए। बालकोटमा भएको छलफल सकारात्मक रहेको तथा सिट संख्या र स्थान टुङ्गो लागेपनि भोलि फेरि बैठक बस्ने गरी आजको छलफल टुङ्गिएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिए।

राप्रपाले विशेषगरी अध्यक्ष लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री धवल शमशेर राणा, दीपक बोहोरालगायतको क्षेत्रमा एमालेको समर्थन खोजेको छ।

भोलि बिहान १० बजे अगाडि नै सीट सूची सार्वजनिक हुने राप्रपाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.