|

काठमाडौं : रिपब्लिक अफ आयरल्याण्डको एक पेट्रोल पम्पमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ। 

आयरिश पुलिसका अनुसार ४ पुरुष, ३ महिलासहित एक किशोर र दुइ बालबालिकाको मृत्यु भएको हो। घाइते भएका सात जनाको नजिकैको लेटरकेनीको अस्पतालमा उपचार भइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। अर्का एक जना गम्भीर अवस्थाका घाइतेलाई भने डब्लिनको अस्पतालमा राखिएको बीबीसीले जनाएको छ। 

शुक्रबार क्रिसलोको काउन्टी डोनेगल गाउँको एप्पलग्रीन सर्भिस स्टेशनमा विस्फोट भएको थियो । विस्फोटले भवन र अपार्टमेन्ट ब्लकको एक भागलाई ध्वस्त पारेको छ। प्रहरीले अहिलेसम्म जम्मा गरिएका प्रमाणहरूले यो दुखद दुर्घटना भएको बताएको छ। 

प्रधानमन्त्री माइकल मार्टिनले यो घटनालाई ठूलो आघातको रुपमा वर्णन गरेका छन्। हिजो साँझ घटनास्थलको स्थलगत भ्रमण गर्दै उनले घटनाबाट सिंगो राष्ट्र स्तब्ध भएको बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.