|

काठमाडौं : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि देशैभरबाट  मनोनयन दर्ता शुरू भएको छ।

निर्वाचन आयोगले आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयनको समय तोकेको छ। यसका लागि उम्मेदवारहरु मनोनयन दर्ता गराउन प्रमुख निर्वाचन अधिकृतको कार्यालय पुगिसकेका छन्। 

प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारले मनोनयन दर्ता गर्न जाँदा १३ किसिमका कागजात संलग्न गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ। 

आयोगले सोका लागि आवश्यक संरचना, जनशक्ति र सुरक्षा प्रबन्धसहित सम्पूर्ण व्यवस्था मिलाइ सकेको जनाएको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोग सम्पूर्ण राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षलाई निर्धक्क भएर मतदाताबीच पुगी अनुमोदित हुने आफ्नो अधिकार प्रयोग गर्न आह्वान गरेका थिए। 

प्रधानमन्त्रीको तर्फबाट उनकी पत्नी  पत्नी आरजु राणाले देउवाले वारेस मार्फत् मनोनयन दर्ता गर्दै छिन्। एमाले अध्यक्ष केपी शर्मा ओली  झापा पुगेका छन्। उनले झापा ५ बाट उम्मेदवारी दर्ता गर्दै छन्।  माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाबुराम भट्टराईसहित गोरखा पुगेका छन्। उनले गोरखा २ बाट उम्मेदवारी दिने भएका हुन्। त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल रौतहट १ बाट उम्मेदवारी दर्ताका लागि त्यहाँ पुगिसकेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.