|
फाइल फोटो

काठमाडौं : आगामी संसदीय निर्वाचनका लागि प्रक्रिया सुरु भएसँगै सुरक्षा व्यवस्था पनि कडा पारिएको छ। 

गृह मन्त्रालयको निर्वाचन लक्षित एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभाग संयुक्त रूपमा परिचालन भएका छन्।

मन्त्रालयका अनुसार आगाी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उमेदवारी दर्ता भएसँगै चारवटै सुरक्षा निकाय संयुक्त रूपमा परिचालित भएका हुन्।

निर्वाचन सुरक्षा रणनीतिअनुसार एक लाख १५ हजार म्यादी प्रहरीसहित करिब तीन लाख सुरक्षाकर्मी परिचालन हुनेछन्। आइतबार उमेदवारी दर्ता भएसँगै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयसहितको सुरक्षाका लागि देशभर सशस्त्र प्रहरी बल परिचालन गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत परिपत्र गरी सुरक्षा संयन्त्र प्रभाजकारी बनाउनका लागि निर्देशन दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.