|

संविधान दिवसका दिन लगभग ९८० भन्दा बढी व्यक्ति तथा महानुभावले तक्मा पदक पुरस्कार, रत्न, अनेक अनेक पाउनु भयो, यो क्रम बर्षेनी चली रहेको छ। त्यस्तै केही दिन अगाडी नवराज लम्सालले अग्नि भन्ने किताब लेखे वापत मदन पुरस्कार पाउनुभयो।

पुरस्कार पाउनु र दिनु असाध्यै राम्रो कुरा हो। यो दिने पाउने दुवैलाई धन्यवाद दिनु पर्छ। पुरस्कार सन्सारको सवैभन्दा गरिमामय चिज हो यदि त्यसको वस्तुनिष्ठता व्याख्यातित हुन्छ भने। अन्यथा अमुर्त पुरस्कार के लिनु के दिनु। पुस्कृतलाई मैले के बापत के पुरस्कार पाए थाहा छैन दिने वालालाई अन्धाधुन्द छ कसलाई किन पुरस्कार दिईदैछ।

अग्नि पुस्तकमा लेखिएको यो भाव वा विचार हाम्रो दृष्टिकोणमा यस बर्ष प्राप्त पुस्तकहरु समुत्कृष्ट प्रतित भएकाले मदन पुरस्कार दिइएको छ भन्न सकिएमात्र  पुरस्कारको गरिमा स्थापित हुन्छ। किनकी नोबेल पुरस्कार पाउनेका किताब ठूला भएपनि  पुरस्कार त्यस भित्रको शुत्रलाई दिइन्छ जसले विश्वलाई नयाँ केही दिएको हुन्छ। राष्ट्रपतिबाट पुरस्कार पाउने अमुक कर्मचारीले फलानो कार्यालयमा आफ्नो कर्तव्य निर्वाह गर्दा यो विशिष्ट अर्थात अरुले भन्दा फरक तरिकाले कार्यसम्पादन गर्नु भएकोले अर्थात कम्तीमा यो काम गर्नु भएकाले सम्मान गरिएको छ।  भनी शिफारिस गरिएमा बल्ल पुरस्कार वा पदकको सार्थकता हुन्छ।

गुल्मीको जिल्ला प्रशासन कार्यालयले संभव भएसम्म राति साढे ६ सम्म कर्मचारी बसेर नागरिकता दिने गरेको छ। २०७९ साल असोज ३१ गते साझ साढे छ बजे भिरखानीका एक दम्पति नागरिकता बनाउन आएका एकजना बनेको अर्कोको बनेन कर्मचारीले अर्को दिन सार्वजनिक बिदा सत्यमोहन सम्मानार्थ भएकाले थप समय बसेर नागरिकता दिइयो।  अन्य सबैकुरा ठिक छन् त्यहाँका प्रमुख जिल्ला अधिकारी र कर्मचारी पुरस्कृत भए सबैको चित्त बुझ्दछ।

आउँछ पुरस्कृतलाई सम्मानित  नजरबाट सेवाग्राहीले गोचर गर्न। देशमा वितेका ३०० बर्ष अथवा भनौ सुगौली सन्धी पछि कुनै विदेशीसंग लडाँई भएको छैन तर प्रत्येक बर्ष सेनाहरुले अमुक अमुक नाममा पुरस्कार तक्मा पाएको अवस्था छ। जवकी सेनाकोको मुल काम सीमानाको सुरक्षा गर्नु हो।

समाज सेवा कसले कसलाई के गर्‍यो कसैलाई थाहा छैन इंकित चित्रित गरिएको छैन तर धडल्ले सित पुरस्कारहरु समाजसेवी भनेर दिइएको छ। जसले जस्तो पुरस्कार पाउने अधिकार छ पाउनुहोस दिनुहोस।

बिन्ती यत्ति हो यो तक्मा पुरस्कार कुनै खेल जितेर हो, कुनै औषधि पत्ता लगाएर हो वा कुनै नयाँ सिद्धान्त वा फर्मुला आविष्कार गरे बापत दिइएको हो त्यो छोटकरीमा लेखिएको होस त्यसप्रकारले तोकिएको विशिष्टताले मात्र भोलीका लागि सभ्य र समृद्ध समाज निर्माण हुने आधार तयार होला अन्यथा उही र उस्तै चिने जानेका झोले, टोले, भिजलान्तेहरुले पुरस्कार थुपार्ने देश नबनोस नेपाल।

होला कोही पुरस्कार पाउन वञ्चित हुनु भएको होला धेरैले मज्जाले अति राम्रो काम गरे बापत पुरस्कार पाउनु भएको होला जे जसरी पाए पनि यो काम बापत पुरस्कार पाएको हो जानकारी जनतालाई हुनु पर्छ।  बतासे पुरस्कार दिने र लिने प्रणालीलाई निष्तेज गरौँ। साच्चै भन्ने हो भने बडो हचुवाका तालमा पुरस्कार प्रदान गरिएको अवस्था छ। यो लेखको टाउको दुखाई पुरस्कारमा भै रहेको खर्चको चिन्ता होईन यसको गरिमा बृद्धिको प्रश्नमात्र उठाउन खोजिएको हो।

वेतन भोगी कर्मचारीले ए१ त्यो फलनो गोरो गोरो जसले हाम्रो राम्रो खातिरदारी गरेको थियो, अमुक बोत्तल ३ पाने ख्वाएको थियो वा एक मुठा टुसा दिएको थियो त्यसलाई दिनु पर्छ पुरस्कार भन्ने तरिकाले तक्मा पुरस्कार बाँडिएको छ। कतैबाट यो कुरालाई आलोचना न सम्झनु होला। हामीहरु पुरस्कार पाउन लायक भएर पनि पुरस्कार नपाउनु धेरै उत्तम हो त्यो भन्दाकी पुरस्कार पाउन लायक नभै प्राप्त गर्नु।

अर्को तिर वेतनभोगी कर्मचारीहरुलाई पुरस्कार दिदा त १०० पटक सोँचौ, एकपटक सर्वोतकृष्ट कर्मचारी भनेर पुरस्कृत भएका एक कर्मचारीलाई बेनामी २२ लाख रकम साथमा भेटिएवापत यस बर्ष मुद्धा चलाएको छ अख्तियारले। पुरस्कार दिन र पाउन हतारिन जरुरी नै छैन राम्रो कामको फल त सेवाग्राही, कामको परिणाम आदिले देखाई हाल्छ।

नोबेल पुरस्कारहरु प्रायः यो काम गरे बापत वहाँलाई यस्तो पुरस्कार दिइएको छ भनि तोकिएको हुन्छ। नेपाल मा विश्वविद्यालयको नाम समेत राजनीतिक पहँहुचको आधारमा कसैको नाममा राखिन्छ। यो कुराहरु ज्यादै हचुवाको भरमा भएको छ।  नेपालका नेपाल रत्नहरु जो मरोणोपरान्त नै केही पाउनु भयो भने उहाँको कुन योगदानका लागि नेपाल रत्न दिइएको हो त्यसको बारेमा स्पष्टता बाहिर आओस ।

मानिस भएबपात, वा मानिस कुनै अमुक पदमा पुगेबापत पुरस्कारका लाइन लगाउने, विद्यालय, विश्वविद्यालयको नाम राख्ने यो नगरौ। यसले वास्तवमा केही गरेर देखाउने क्षमता भएको व्यक्तिमा राष्ट्रप्रति योगदान गर्ने परिपाटि हराउने छ। देश सधै पहँुचवाला उभयचरको दास हुने छ। कसैले भ्रष्टाचार गरेन भन्ने आधारमा पनि धडल्लेसंग पुरस्कार वा तक्मा दिइएला के भ्रष्टाचार नगर्नु त व्यक्तिगत सत्यनिष्ठा हो, भ्रष्टलाई कडाईका साथ कारवाहि गर्ने हो र भ्रष्टलाई प्रमोशन रोकिदिने हो भने अभ्रष्ट त्यसै माथि जान्छ। भ्रष्टाचारी घुस खाएर प्रमोशन गर्ने कमाई हुने ठाउँमा सरुवा गर्ने अनि अभ्रष्टाचारीलाई १५ सयको तम्मा भिराउने काम भएको छ  यो गलत हो । धेरै हदसम्म अहिले भएको यहि छ रोकिनु पर्छ। भ्रष्टाचार गर्ने छैन भनी सपथ ख्वाउने उसैलाई अभ्रष्ट भएवापत पुरस्कार किन।

कसैलाई राष्ट्रपदक दिइन्छ भने जनताले जान्न पाउनु पर्छ उक्त महानुभावले कुन क्षेत्रमा के योगदान गर्नु भएको हो। मानौ डेँगु रोग लागेकाले मेवा पात खाए ठिक हुन्छ भन्ने हल्ला बजारमा छ। यस्तो हो वा होइन कसैलाई थाहा छैन तर कसैले मेवा पातमा रहेको यो तत्वले डेँगुको यस्तो कुप्रभावलाई निष्प्रभावित गर्छ भनी प्रमाणित गर्ने व्यक्तिलाई पुरस्कार दिऊँ अन्यथा मानिसको अनुहार हेरेर पुरस्कार दिने र लिने दुवै तिरबाट बचौँ। फोकटमा पुरस्कार पाउन पनि मजा हुँदैन।

नोबेल पुरस्कारको महत्व बढ्नुको मुख्य आधार भनेको पुरस्कार के कामका लागि र अर्थात कुन नयाँ सोँचका लागि दिइएको हो भन्ने प्रमाणित हुन्छ र त्यो अन्यन्त्र प्रयोगशालामा परीक्षण गर्दा पनि प्रमाणित भएको पाईएको छ। त्यसैले पुरस्कारमा विशिष्ट ताको छाप हुनुपर्छ।

समय पुगेर पँहेलो भएको काक्रोमा अचार बन्ने र स्वाद सिर्जना गर्ने क्षमता जति तिव्र हुन्छ त्यो कुरा कैडो अथवा हरियो काक्रोमा हुँदैन। प्रोटिन, कार्वोह्राइडे र प्रोटिनले जतिसुकै भरिएको आलुले मुलाको स्वाद दिन सक्दैन त्यसैले मुलाको ठाँऊमा मुला मुल्यवान र काजुको ठाउँमा काजु मुल्यवान हुन्छ। निःशन्देह पुरस्कार त्यो मौलिकतालाई दिइने चिज हो त्यसैले त्यो क्षमतालाई चिनेर तोकेर मात्र पुरस्कार दिने गरौँ।

यो लेखकले कुनै सरसफाई (वास)सम्बन्धी काम गर्ने संस्थाबाट रु १५००० (अक्षरेपीः पन्ध्रहजार) पुरस्कार पाएको थियो। त्यसमा स्पष्टसंग तपाँइले प्रिन्ट मिडियामा महिलाको महिनाबारी समस्या र समाधानको सम्वन्ध स्पष्ट लेख लेखी पत्रिकामा छपाउनु भै जनचेतना विस्तार गर्नु भएकोले यो पुरस्कारका लागि छनौट गरिएको छ , भनिएको थियो। पछि त्यस्तै लेख लेख्ने लेखकहरुले हाम्रो लेख पुरस्कारका लागि किन योग्य भएन भनी आयोजकलाई सोध्न जाँदा यो कारणले अरुको भन्दा यो लेख उत्कृष्ट छ भनी देखाएका थिए।

गुल्मीको जिल्ला प्रशासन कार्यालयले संभव भएसम्म राति साढे ६ सम्म कर्मचारी बसेर नागरिकता दिने गरेको छ। २०७९ साल असोज ३१ गते साझ साढे छ बजे भिरखानीका एक दम्पति नागरिकता बनाउन आएका एकजना बनेको अर्कोको बनेन कर्मचारीले अर्को दिन सार्वजनिक बिदा सत्यमोहन सम्मानार्थ भएकाले थप समय बसेर नागरिकता दिइयो।  अन्य सबैकुरा ठिक छन् त्यहाँका प्रमुख जिल्ला अधिकारी र कर्मचारी पुरस्कृत भए सबैको चित्त बुझ्दछ।

पुरस्कार प्रतिष्प्रर्धिहरुलाई जितेर नै पाउने हो, प्रतिष्प्रर्धा केबल समकालिनसँग होस यो होइन कर्म युग युगलाई जित्ने किसिमका हुन्छन्। त्यसैले  पुरस्कार आजसम्मका सबैभन्दा विशिष्ट व्यक्तिले पाउन र त्यसको  जानकारी सेवाग्राहीलाई  होस । मुल्याड्ढन त्यस्तो गरौ पुरस्कार पाउने स्वयं जिल्ल परोस , सवन्धित निकायले मलाई यस्तो गहिरोसंग अवलोकन गरेको रहेछ भन्नेमा गर्व होस।

जे होस आज पश्चिमाहरुले जे जति पेटेन्ट राइट लिएका छन् त्यसका अधिकांश बिषयबस्तुहरु पुविर्य दार्शनिकहरुले पहिला नै संकेत र सुचित गरेका छन् तर पुर्बियले काम गरेर देखाउन सकेनन। पुष्पक विमानमा रावणले सीतालाई भगाए भन्ने त लेखियो तर त्यो बिमानको सूत्रसहित काम त राइट दाजुभाई ले नै गरेका हुन्। तसर्थ काम पनि मूर्त गरौँ पुरस्कार पनि मूर्त कामका लागि दिऊँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.