|

जनकपुरधाम : मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मधेश प्रदेशमा ३४ लाख ८४ हजार ६२८ मतदाता रहेका छन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार मधेशमा महिलाभन्दा पुरुष मतदाताको संख्या बढी रहेको हो।

आयोगका अनुसार प्रदेशमा महिला १५ लाख ५८ हजार ७०४ र पुरुष मतदाता १८ लाख २७ हजार ८५४ छन् भने तेस्रो लिंगी ७० जना छन्।

सप्तरीमा चार लाख १८ हजार ३७४ कुल मतदाता छन्। पुरुष २ लाख १७ हजार २८२, महिला २ लाख दश हजार ७१ र तेस्रो लिंगी २१ जना छन्।

सिरहामा ४ लाख २२ हजार १२ कुल मतदातामध्ये दुई लाख २४ हजार ९९ पुरुष, एक लाख ९८ हजार ६११ महिला र दुईजना तेस्रो लिंगी मतदाता रहेको आयोगले जानकारी दियो।

त्यस्तै धनुषामा २ लाख ५१ हजार ९१५ पुरुष,  दुई लाख २१ हजार ६६५ महिला र ७ जना तेस्रो लिंगी गरी कुल चार लाख ७४ हजार ५८७ मतदाता छन्।

त्यसैगरी महोत्तरीमा दुई लाख १५ हजार १३१ पुरुष, एक लाख ८१ हजार ८८९ महिला र एक तेस्रो लिंगी गरी कुल तीन लाख ९७ हजार ३० मतदाता छन्।

सर्लाहीमा पुरुष दुई लाख ५९ हजार ४१४, दुई लाख १९ हजार ६१४ महिला र तेस्रो लिंगी दश जना गरी कुल चार लाख ७९ हजार ३८ मतदाता छन्।

रौतहटमा पुरुष दुई लाख २७ हजार २२९, महिला एक लाख ८८ हजार २ २५ र तेस्रो लिंगी एक गरी कुल ४ लाख १५ हजार ४५५ मतदाता छन्।

बारामा पुरुष २ लाख ३६ हजार ८८०,  महिला एक लाख ९६ हजार ६१२ र तेस्रो लिंगी १२ गरी कुल चार लाख ३३ हजार ५०४ मतदाता छन्।

पर्सामा पुरुष एक लाख ९४ हजार ९०४,  महिला एक लाख ५१ हजार ८ र तेस्रो लिंगी १६ गरी कुल तीन लाख ४५ हजार ९२८ मतदाता छन्।

मधेश प्रदेशमा ६४ वटा प्रदेशसभा र ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन्। प्रदेशमा २ हजार १५६ मतदान स्थल र ४ हजार २३५ मतदान केन्द्र कायम गरिएको आयोगले जानकारी दियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.