|

महोत्तरी :भंगाहा नगरपालिकामा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु जारी राखेको छ। भंगाहा–८ पडरिया बस्तीमा बिहीबार दुई समूहबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालयले पडरिया वरपर क्षेत्र तोकेर कर्फ्यु ज्ञा जारी गरेको थियो।

भंगाहा नगरपालिका–८ को दक्षिणमा पर्ने पडरिया बस्तीको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा पडरियाको ब्रह्मस्थान, उत्तरमा धर्मपुर बस्तीको दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिका–१ मा पर्ने बगडाचोक तथा पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टीस्थित पुलसम्म जिल्ला प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ। 

थप अर्को आदेश जारी नभएसम्म घोषित क्षेत्रभित्र समूहमा हिँडडुल गर्न तथा बाहिरी क्षेत्रबाट सो क्षेत्रमा प्रवेश गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीद्वारा जारी आदेशमा उल्लेख छ। 

अवस्था थप जटिल हुन नदिन जिल्लाका सबै राजनीतिक दल, सामाजिक संघसंस्थाका प्रतिनिधि र आम नागरिकसँग अपिल गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.