|

सुनसरी : इटहरी उपमहानगरपालिका–१० मा दुई मोटरसाइकल ठोक्किँदा तीनजनाको मृत्यु भएको छ। 

शुक्रबार साँझ भएको दुर्घटनामा मोरङ बूढीगङ्गा–१ का ३० वर्षीय ओजराज लुइँटेल, धरान–१५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भु राईको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राइले जानकारी दिए। 

विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ४ प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ४४११ नम्बरको मोटरसाइकल ठक्कर खाएका हुन्।

दुर्घटनामा मोटरसाइकलमा सवार तीनैजना गम्भीर घाइते भएका थिए। गम्भीर घाइते उनीहरूको उपचारका क्रममा विराटनगरस्थित आर्य न्यूरो हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.