|

काठमाडौं : पश्चिमी वायुका कारण देशका पहाडी भू–भागमा आंशिक बदली रही शनिबार केही स्थानमा हल्का वर्षा हुने भएको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार  प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

राति प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। आइतबार देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा सामान्यतया मौसम सफा रहनेछ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२.५ डिग्री र अधिकमत तापक्रम २४.५ डिग्री सेल्सियस छ। जुम्लाको न्यूनतम तापक्रम ०.२ डिग्री छ। जनकपुरको अधिकतम तापक्रम ३१.४ डिग्री सेल्सियस छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.