|

चितवन : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाका १६२ मध्ये ३४ मतदानस्थल अतिसंवेदनशील देखिएका छन्। 

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार ८९ मतदानस्थललाई संवेदनशील र ३९ मतदानस्थललाई सामान्यमा राखिएको छ। उनले विगतको निर्वाचनमा देखिएका गतिविधि, अब हुनसक्ने गतिविधि, पूर्वाधारको विकास, सुरक्षा निकायको पहुँच, मतदाता र उम्मेदवारलाई आधार बनाएर मतदानस्थललाई वर्गीकरण गरेको बताए। 

अतिसंवेदनशील र संवेदनशील क्षेत्रका लागि विशेष सुरक्षा व्यवस्था मिलाएको तामाङले जानकारी दिए। सुरक्षाका लागि म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानको टोलीलाई परिचालन गरिनेछ । जिल्लामा एक हजार २०० नेपाल प्रहरी र एक हजार ९९१ म्यादी प्रहरी खटिँदैछन्।

१६२ मतदानस्थलमा ४६० मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जानकारी दिए। जिल्लामा चार लाख आठ हजार तीन सय ४२ मतदाता छन् । यो २०७४ को निर्वाचनभन्दा १० हजार छ सय ५७ जना बढी हो । 

मतदातामध्ये महिला दुई लाख नौ हजार तीन सय नौ र पुरुष एक लाख ९९ हजार ३२ जना रहेका छन्।
–––

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.