|

काठमाडौं : पुरातत्व विभागले इच्छुमती नदी (टुकुचा खोला )उत्खनन गर्दा भेटिएको संरचना पुरातात्विक महत्त्वको भएको प्रमाण भेटिएकाले संरक्षण गर्नुपर्ने बताएको छ।

काठमाडौं महानगरपालिकाले जयनेपाल हलबाट कमलादीसम्मको टुकुचा उत्खनन गर्ने क्रममा राणाकालका इँटा भेटिएको थियो। यहाँ बनेको संरचना १०० वर्षभन्दा पुरानो हुनसक्ने प्रमाण भेटिएपछि विभागले पुरातत्व अधिकृत भाष्कर ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको थियो । 

समितिले अध्ययनका क्रममा वीर शमशेरको शासनकालका इँटा र दस्तावेजसमेत प्राप्त भएको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए। यहाँ बनेको संरचना पुरातात्विक महत्वको पुष्टि भएपछि बाँकी काम गर्दा महानगरले विभागको समन्यविना गर्न नसक्ने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.