|
तस्वीर सौजन्य : ट्वल्भ न्युज

चर्चित अमेरिकी र्‍यापर टेकअफको गोली हानी हत्या गरिएको छ।

टेक्ससको ह्युस्टनमा भएको पार्टीमा सहभागी टेकअफको अज्ञात समूहले राति गोली हानी हत्या गरेको स्काई न्युजलगायत सञ्चारमाध्यमले जनाएका छन्। गोली प्रहार हुनुभन्दा केही घण्टाअघि मात्रै टेकअफले सामाजिक सञ्जालमा सेल्फी पोस्ट गरेका थिए।

२८ वर्षीय टेकअफको वास्तविक नाम कर्स्निक खारी बल हो। उनी सांगीतिक समूह मिगोसका सबैभन्दा कान्छा सदस्य हुन्। प्रहरीले घटनाबारे अनुसन्धान भैरहेको जनाएको छ।

टेकअफको इन्टरभ्यू विद अफसेट, मार्टिन इन्ट्रो, ब्लेस इएम तथा भ्याकेसन लगायतका चर्चित र्‍याप गीत छन्। क्वाभो र टेकअफले जोडीको रूपमा तीन साताअघि मात्र म्युजिक भिडियो ‘मेसी’सार्वजनिक गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.