|

तनहुँ : चितुवाको आक्रमणबाट आठ वर्षीय बालकको मृत्यु भएको छ। व्यास नगरपालिका–१२ छिर्कन निवासी जगदीश कुँवरका छोरा अभिनमको मृत्यु भएको हो । 

मंगलबार साँझ घरदेखि तल रहेको गोठको ढोकामा बसिरहेको अवस्थामा उनलाई चितुवाले तानेर लगेको प्रहरीले जनाएको छ। 

करिब १०० मिटर तल लगेपछि मानिस कराएपछि चितुवाले बालकलाई छाडेर गएको डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत रामकुमार श्रेष्ठले जानकारी दिए। 

प्रहरी र वनका कर्मचारी लगायतको टोली पुगेर घटनास्थलको मुचुल्का उठाएर शव दमौली अस्पतालमा ल्याएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। 

तनहुँमा चितुवाको आक्रमणबाट १० भन्दा बढी बालबालिकाको मृत्यु भइसकेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.