|

हुनतः आजको दिनमा उम्मेदवारलाई मत  दलको माध्यमबाट प्राप्त हुने गर्छ । जनताले आफ्नो मनमा एउटा दलको पक्ष लिएर बसेका छन्। त्यो पार्टीले चरो मुसो जसलाई उठाए पनि उसलाई  मत दिने गरेको देखिएको छ। यो ठिक हो या होइन यस बिषयमा अनेक बहसहरु होलान्। योबाहेक पनि लगभग धेरै प्रतिशत मतदाताले पार्टी आदेशबाहेक मत हाल्ने गरेका हुन्छन्, मानिस स्वतन्त्र छ, स्वार्थरहित र स्वाभिमानी मानिस पार्टीबाट अलग बस्न पराउँछन्।

अन्तिम विजयको समयमा डेडिकेट मतदाताभन्दा स्वतन्त्र बिचार भएका मतदाताको मतले धेरै निर्यायक भूमिका खेल्छ। त्यसैले पार्टीको बलले भन्दा लोकप्रियता र कर्म प्रियताको बलले चुनावमा विजय प्राप्त हुन्छ।

बाघले जङ्गलमा राज गर्दा कुनै दल बनाएको हुँदैन आफ्नै कौशल, आफ्नै उपस्थिति गर्वले राज गरेको हुन्छ।  त्यसैले चुनाव जित्नु छ भने उम्मेदवार आफैँमा पनि केही आधारभूत गुणहरू विद्यमान हुनु पर्छ। जसलाई देखेर तटस्थ मतदाता भोट दिन तप्पर रहुन्। 

सफल डाक्टर, कलाकार, सेलीब्रेटी, समाजसेवी तथा आफ्नो पेशामा निष्ठावान व्यक्तिले दिएको आशीर्वादलाई राम्रोसँग मतदाताको बीचमा लैजानुपर्छ। भारतका यातायात मन्त्रीले भनेझैँ “हामी कोही पूर्ण छैनौँ अपूर्णमध्ये सबैभन्दा उत्तम बन्ने प्रयास गरौ” सम्मान भनेको बिन्ती गर्दै हिँडेर पाइने चिज होइन। प्रत्येक मतदाताको इज्जत, सम्मान, सहयोग, प्रशंसाबाट मत बटुल्ने प्रयास गर्ने हो।

यो कुराको प्रमाण स्थानीय तहको निर्वाचनमा केही स्वतन्त्रहरुले दलका नेताहरुलाई जितेको उदाहरणबाट पनि पुष्टि हुन गएको छ। यहाँनेर सोचनीय विषय के छ भने। स्थानीय निर्वाचनमा मेयर जितेपछि ५ वर्षका लागि सर्वेसर्वा जस्तो हुने भएकाले मतदाताले पार्टी बाहिरका व्यक्तिलाई पनि मतदान गर्छन। प्रतिनिधिसभामा यस्तो हुँदैन एउटा विल पास गर्न पनि बहुमत चाहिन्छ त्यसैले व्यक्तिगत मत तान्न कठिन छ भन्ने पनि तर्क गरेको पाइन्छ। दलको बहुमत नहुने हो भने कुनै विधेयक पास गर्न नसके पनि।

तैपनि चुनाव जिल्नका लागि केही आधारभूत कुराहरुमा ध्यान दिने हो भने पक्कै सजिलो हुन्छ। के गरेमा चुनाव जित्न सजिलो हुन्छ भन्ने सन्दर्भमा निम्न कुराहरुमा ध्यान दिन आवश्यक छ।

स्थानीय समस्याको बारेमा अध्ययन गर्ने : पहिलोचोटि जुन ठाउँमा भोट माग्न जाने हो त्यो ठाउँको मुख्य समस्या  बुझ्ने। त्यो समस्या समाधान गर्न नसकिए पनि त्यसबाट कसरी पार पाउन सकिन्छ भन्ने बारेमा आफ्नो लजिक दिन सक्नुपर्छ। पानी, बाटो, रोजगारी, सिँचाइ, न्याय, शिक्षा स्वास्थ्य,  कहाँनेर बढी समस्या स्थानीयले भोगेका छन्।

त्यस सन्दर्भमा ज्योतिषीले जस्तै जानेर बुझेर बोली दिनु पर्छ। ठूला योजनाको घोषणाले भन्दा मतदातालाई एउटा पँधेरो। एयटा धारो, एउटा शौचालयको बढी गर्जो हुन्छ। त्यस विषयमा गरिएको प्रतिबद्धता भोलि पूरा गर्न पनि सजिलो हुन्छ। बेरोजगारी मुल समस्या हो त्यसको बारेमा एक अलग दृष्टिकोण  बनाउनु पनि पर्छ।

रोजगारी दिने सम्बन्धमा आफ्नो दृष्टिकोण : पहिलो कुरा नेपालमा सरकारी, संस्था, बैकिङ्ग क्षेत्रबाहेक अन्य रोजगार क्षणिक,  अविस्वासिलो मानिएको छ। यदि आफ्नो तर्फबाट एक परिवार एक सरकारी रोजगारको नीति ल्याउन प्रयास गर्छु भन्नसाथ एउटा महोल बन्न सक्छ। यसको नीतिगत र कानुनी पक्ष कठीन होला। यो एक परिवारबाट एकभन्दा बढीलाई सरकारी नोकरीमा रोक लगाउने प्रयासले बेरोजगारहरूमा थप उत्साहको तरंग त ल्याउँछ नै समावेशी समानुपातिक श्रीमान श्रीमती गोठ त कम्तीमा रोकिन्छ।

हरेक मतदाताको मूल्य दिन सिकौँ : सामूहिक भाषणमा एउटा कुरा हुन्छ त्यसबाहेक व्यक्तिगत कुराकानीको अर्को महत्व हुन्छ। प्रत्येक मतदातालाई उसको मुल्य उसको क्षमता र उसको संभावना देखाउन सिकौँ। प्रत्येक मतदातालाई के महशुस हुन जरुरी छ भने यो उम्मेदवारले जितेमा हामीलाई फाइदा हून्छ भन्ने भाव बिकसित गराउन जरुरी छ। कुनै मतदातालाई सहयोग गर्छु भनी उसमाथि कृपा गर्ने भावले नबोलौँ व्यक्ति व्यक्तिलाई कृपाको पात्र बनाएर चुनाव जित्ने तानाशाही भावको प्रदर्शन भन्दा आफ्नो जितबाट आम जनता तथा मतदातालाई हुने फाइदाको बारेमा बोलौँ। मतदाताले के गर्नु पर्छ नीतिगत यो उम्मेदबारले गर्ने कामबाट ढिलो चाडो मलाई यो फाइदा हुन्छ भन्ने भावको बिकास गराउन सकेमात्र भोटको माहौल आफ्नो पक्षमा आउँछ।

आफ्नो कमजोर पक्षलाई राम्रो पार्न सक्ने क्षमताको खोजी

पहिलो कुरा त मतदाताले अनेक आलोचना गर्छन् त्यो आलोचनाको जवाफ यस्तो तरिकाले दिनु पर्छ की आलोचकलाई जवाफ पर्काउन नै गाह्रो होस्। नेपालमा प्रचण्डको आफनो स्थायी निर्वाचन क्षेत्र छैन भन्ने आलोचनाको जवाफमा यदि एक पटक प्रधानमन्त्री भएको व्यक्ति राजनेता कहिल्यै पनि एउटै निर्वाचन क्षेत्रबाट उठ्दैन। किनकि राजनेता भनेको देशभरको नेता हो। एक ठाऊँबाट मात्र उठ्ने मन्त्री प्रधानमन्त्री भएमा सबै बजेट त्यही खन्याउने नेता ठिक हुन्छ की जोखिम मोलेर देशका अनेक क्षेत्रबाट उठ्न सक्ने राजनेता हो? यो प्रश्नले आलोचक सातो जान्छ।

आफ्नो बचाऊभन्दा मतदाताका संभावनाका बारेमा वजनदार बोल्ने र मतदाताको निर्णय क्षमताको बारेमा खुलेर प्रशंसा गर्नेले नै बढी मत पाँउछ। बढी सोँचमग्न, बढी सैदान्तिकभन्दा व्यहारिक व्यक्तिले बढी मत पाउँछ। सैदान्तिक र दहर्शनिकले भन्दा व्यवहारवादी र उत्साही उम्मेदबारले भोट पाउने संभावना बढी हुन्छ। वनावटी आश्वासनभन्दा वास्तविकतामा आधारित हौसलाको बढी मूल्य हुन्छ।

आफूले यस अगाडि गरेको काम तत् समयमा अति नै प्रशंसित भएको भए पनि आज त्यसले उपलब्धि दिन सकेको छैन भने त्यसमा मौन बस्नु नै उपयुक्त हुन्छ। पुल बनाइयो तर अहिले भत्किएको वा भाँचिएको छ भने त्यो मृत कामको जस लिन खोज्नुको  अर्थ रहँदैन।

 सफल डाक्टर, कलाकार, सेलीब्रेटी, समाजसेवी तथा आफ्नो पेशामा निष्ठावान व्यक्तिले दिएको आशीर्वादलाई राम्रोसँग मतदाताको बीचमा लैजानुपर्छ। भारतका यातायात मन्त्रीले भनेझैँ “हामी कोही पूर्ण छैनौँ अपूर्णमध्ये सबैभन्दा उत्तम बन्ने प्रयास गरौ” सम्मान भनेको बिन्ती गर्दै हिँडेर पाइने चिज होइन। प्रत्येक मतदाताको इज्जत, सम्मान, सहयोग, प्रशंसाबाट मत बटुल्ने प्रयास गर्ने हो।

बुद्धि, निर्णय, ज्ञान र अनुभवलाई सबैको अगाडी विनम्रतासाथ प्रस्तुत गर्ने व्यक्तिले सही नीति बनाउन सक्छ र यस्तोलाई जनताले चिन्दछन् भोट दिन्छन्। मौका मिलेको बेलामा जनहितका लागि केही गर्न नसकेको  उम्मेदवार भन्दा  नयाँ उम्मेदवारसँग भोट माग्ने आधार नैतिक ग्राउण्ड बढी हुन्छ। 

कुनै उम्मेदवारले यो सोच्दछ कि म अन्यको तुलनामा अभ्रष्ट छु, युवा छु, मेरो ज्यादै शुद्ध इरादा छ मैले देशको विकासका लागि भरमग्दुर प्रयास गर्छु भन्ने सोचेर पनि केही हुँदैन। आफ्नो सोचलाई आम मतदातासमक्ष पु¥याउनका लागि कम्युनिकेसन सिप पनि हुनुपर्छ  मतदातासंग सम्वन्ध गर्ने प्रमुख सञ्चार सीप हो यसले नै स्वस्तिक चिन्हलाई सम्वन्धित चिन्हसम्म पुर्‍याउन सहयोग गर्छ।

सबैलाई समभावः धनी होस गरिव, शिक्षित होस वा अशिक्षित प्रत्येकको मत समान हुने हुँदा हरेक विन्दुमा सानो ठूलो सबैलाई समानताको भावले व्यवहार गर्नु पर्छ। मतको मूल्य समान हुने भएकाले व्यवहार पनि समान गर्नुपर्छ।

आफ्नो आवश्यकताको महशुस गराउनु : नेताले आफ्नो समाजका लागि कति आवश्यकता छ भन्नेबारे सबैलाई सचेत बनाउन सकिन्छ। कुनै काम त्यस्तो देखाउन सक्नु पर्छ जो तपाईंको विजय बाहेक अरुबाट संभव छैन। आफ्नो आवश्यकताको महशुस प्रत्येक मतदातमा गराउन सक्ने क्षमता जीतको कुञ्जिका हो।

१०० प्रतिशत प्रयास गर्नु :  चुनाव उसले जित्छ जसले अन्तिमसम्म पूर्ण प्रयास गर्छ। कुनै पनि मतदाता अगाडि म हार्छुकी भन्ने भाव झल्कन दिन हुँदैन, जनताको मत जित्नु सवैभन्दा ठूलो जित हो त्यसैले पुर्ण प्रयत्नका साथ प्रयास जारि राख्नु पर्छ। प्रतिस्पर्धि उम्मेदवारलाई तपाँईको प्रयत्नले नै डराउन वाध्य बनाओस्। अन्तिमसम्म हार नमान्ने व्यक्तिले जित्ने संभावना बढी हुन्छ।

सबैभन्दा ठूलो कुरा बनावटी रुपमा असल र सभ्य बन्न छोडी दिनुहोस्। आफूलाई नक्कली रुपमा फरक देखाउने व्यवहार छोडेर सामान्य व्यवहार गर्नुहोस्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.