|

काठमाडौं : गत भदौ १७ देखि मञ्चन भएर बीचमै रोकिएको नाटक ‘एन इन्स्पेक्टर कल्स’ बुधबारदेखि फेरि मञ्चन हुँदैछ। सिनामंगलस्थित पुरानो घर थिएटरमा कात्तिक १६ देखि मंसिर १२ सम्म पुनः मञ्चन हुन लागेको हो। 

यसअघि कलाकारलाई डेंगु संक्रमण भएपछि नाटकको मञ्चन बीचमै रोकिन पुगेको थियो। ‘एन इस्पेक्टर कल्स’ जेबी प्रिस्लेको सोही नामको नाटकको नेपाली अनुवाद हो। जसको निर्देशन तथा अनुवाद राजकमल फकिरले गरेका हुन्।

डिटेक्टिभ थ्रिलर जनराको नाटक सन् १९१२ को पृष्ठभूमि रहेको भए पनि लेखिएको भने सन् १९४५ मा हो। नेपाली परिवेशमा सुहाउँदो गरी अनुवाद गरेर नाटक मञ्चन गरिएको हो।

नाटकमा आभास अधिकारी, विजय ताम्राकार, शारदा अधिकारी, सरिता भुजेल, सदीन लुइँटेल, शिशिर सिवाकोटी, मोनिका थापालगायत कलाकारको अभिनय रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.