|

काठमाडौं : जिल्लाको क्षेत्र नं. २ मा सत्तारूढ गठबन्धनका उम्मेदवारहरुले घरदैलो शुरु गरेका छन्।

गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुले बिहीबारदेखि संयुक्त रुपमा घरदैलो शुरु गरेका हुन्।

प्रतिनिधिसभा सदस्य उम्मेदवार नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्ती, क्षेत्र नं. २ (क) का प्रदेशसभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका नेता ध्रुव केसी र क्षेत्र नं. २ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का नेता भरतप्रसाद फुँयालसहित गठबन्धनमा आवद्ध दलका नेता, कार्यकर्ताको टोलीले घरदैलो गरेको हो। टोलीले बिहीबार पेप्सीकोलादेखि नरेफाँटसम्म घरदैलो गरेको छ।

घरदैलोको क्रममा हाते माइकबाट उम्मेदवारहरु घरदैलोमा आएको भन्दै प्रचार गरिएको थियो भने आ–आफ्नो पार्टीको चुनाव चिन्ह अंकित झण्डा पनि बोकिएको थियो। सहभागी नेता, कार्यकर्ताहरुले ‘आयो, आयो, गठबन्धन आयो’ भन्दै नाराबाजीसमेत गरेका थिए।

मतदाताको घर–घरमा नमस्ते गर्दै पुगेका उम्मेदवारहरुले गठबन्धनका उम्मेदवारहरुलाई मत दिन आग्रह गरिरहेको देख्न सकिन्थ्यो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.