|

काठमाडौं : शुक्रबारदेखि एक नेपाली सहित दुई फिल्मले प्रदर्शन थालेका छन्। सम्राट बस्नेतको निर्देशनमा बनेको लाखे र गुरमित सिंहको निर्देशनमा बनेको बलिउड फिल्म फोन भूत शुक्रबारदेखि एकसाथ प्रदर्शनमा आएका हुन्।

मल्टिस्टारर लाखे एक्सन क्राइम सस्पेन्स जनराको फिल्म हो। सौगात मल्ल, अर्पण थापा, वर्षा राउत, अनुप विक्रम शाही, प्रशान्त ताम्राकार, आर्यन अधिकारी लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्मले मल्टिप्लेक्समा २० प्रतिशतसम्मको शो पाएको छ। जसमा शुक्रबार बिहानीको शोमा दर्शकको उपस्थिति औसत देखिएको छ। 

त्यस्तै हरर कमेडी जनरामा बनेको फोन भूतमा पनि दर्शकको चाप न्यून देखिएको छ। कट्रिना केफ, इशान खट्टर, सिद्धान्त चतुर्वेदी, ज्याकी श्रफ लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्मले मल्टिप्लेक्समा २० देखि ३० प्रतिशतसम्म शो पाएको छ। 

यी बाहेक शुक्रबारदेखि दोस्रो हप्तामा प्रवेश गरेको प्रदीप भट्टराईद्वारा लिखित तथा निर्देशित नेपाली फिल्म महापुरुषको दबदबा सबैभन्दा बढी देखिएको छ। मल्टिप्लेक्समा ३० देखि ३५ प्रतिशतसम्म शो पाएको फिल्ममा दर्शकको चाप पनि उच्च देखिएको छ। पहिलो हप्तामा झण्डै ५ करोड कमाइ गरेको फिल्मले दोस्रो हप्ताको सुरुवात पनि राम्रो गरेको छ। 

त्यस्तै कन्नड फिल्म कान्तारा नेपाली हलमा तीन हप्ता पार गरेको छ। चौथो हप्तामा प्रवेश गरेको फिल्ममा अझै पनि दर्शकको उपस्थिति ३० देखि ४० प्रतिशतसम्म देखिएको छ। रिशब शेट्टीको लेखन तथा निर्देशन रहेको फिल्मले विश्वभरबाट ३ अर्ब भारु भन्दा बढीको कमाइ गरिसकेको छ। त्यस्तै दीपेन्द्र के खनालको निर्देशनमा बनेको के घर के डेरा शुक्रबारदेखि तेस्रो हप्तामा प्रवेश गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.