|

काठमाडौं : नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसिसी बैंक) र दराज अनलाइन सपिङबीच सम्झौता भएको छ। सम्झौताअनुसार बैंकको डेबिट कार्ड प्रयोगर्कताहरुलाई दराज अनलाइन सपिङ गरी भुक्तानी गर्दा अधिकतम १५% वा रु २,५०० सम्मको छुट र क्रेडिट कार्ड प्रयोगर्कताहरुलाई दराज अनलाइन सपिङ गरी भुक्तानी गर्दा अधिकतम २०% वा रु ३,००० सम्मको छुट प्राप्त गर्न सक्ने बैंक जनाएको छ। यो योजना कार्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म लागू हुनेछ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसिसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३७ एटिएम सञ्चालन गरी ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.