|

काठमाडौं : ‘फस्ट शिवपुरी ट्रायल रन एण्ड साइक्लिङ’ प्रतियोगिता २०२२ सम्पन्न भएको छ। शनिबार नेपाली सेना, बुढानिलकण्ठ नगरपालिका र टोखा नगरपालिकाको संयुक्त आयोजनामा  ‘फस्ट शिवपुरी ट्रायल रन एण्ड साइक्लिङ’ प्रतियोगिता २०२२ सम्पन्न भएको हो। 

प्रतियोगिताको २२ किलोमिटर खुल्ला पुरुष ट्रेल रनतर्फ गजेन्द्र राईले प्रथम स्थान हासिल गरेका छन्। २२ किलोमिटर पुरुष ट्रेल रनमा पहिलो हुने खेलाडी राईले एक लाख रुपैयाँ नगद, ट्रफी र सम्मानपत्र पाएका थिए। दोस्रोमा खड्ग बहादुर खड्का, तेस्रोमा मोहनदेव जोशी, चौथोमा खगेन्द्र भट्ट, पाँचौंमा राजन रोकाया, छैटौंमा राजेन्द्र तामाङ, सातौंमा श्रीकास राई, आडौं सुवास कार्की, नवौं गोपाल तामाङ र दशौं स्थानमा नवराज बुढा विजयी भएका थिए। दोस्रो हुनेले ७० हजार, तेस्रोले ३० र क्रमशः १० औं स्थानसम्म आउने खेलाडीहरुले २५, २०, १५, १०, ७ र ५ हजार नगद पुरस्कार पाएका थिए। 

त्यस्तै ३० किलोमिटर साइक्लिङमा हिमाल टमाटा प्रथम भएका छन्। उनले उक्त दूरी एक घण्टा २१ मिनेट ६ सेकन्डमा पार गरेका थिए। प्रथम भएका टमाटाले ७० हजार नगद र ट्रफी तथा सम्मानपत्र पाए। त्यस्तै दोस्रोमा लक्ष्मण मल्ल, तेस्रोमा कुमार तामाङ, चौथो स्थानमा किरण लिम्बु र पाँचौं  नवराज न्यौपाने  भएका थिए।  क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं हुनेले खेलाडीहरुले ५०, ३५, २५ र १० हजार नगद पुरस्कार पाएका छन्। 

साथै १५ किलोमिटर महिला ट्रेल रनमा मन्जु रावत प्रथम भएकी छन्। उनले ५० हजार पुरस्कार प्राप्त गरेकी छन्। त्यस्तै क्रमशः दोस्रो, तेस्रो चौथो र पाँचौं स्थानमा गिता विक, सुनकला राई, प्रिया राई र इन्द्रकला नेम्वाङ रहेका छन्। विजयी प्रतियोगिहरुले ४०, ३०, २० र १० हजार नगद पुरस्कार पाएको भवानीदल गणका गणपति प्रमुख सेनानी रवी केसीले जानकारी दिए। उक्त कार्यक्रममा  उपत्यका पृतनापति उपरथी योगराज शर्मा, बुढानिलकण्ठ नगरपालिका र टोखा नगरपालिकाका प्रमुखलगायतको उपस्थिति रहेको थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.