|

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशकै चौलोले प्रख्यात डडेल्धुराको ‘बडाल जाँत’ सम्पन्न भएको छ। शुक्रबार बेलुकीदेखि पूजाआजासँगै धार्मिक विधिवत् रूपमा शुरु भएको जाँत आज साँझ सम्पन्न भएको हो।

धार्मिक शक्तिसँगै चौलोले प्रख्यात बडाल जाँतमा शुक्रबार बेलुकीदेखि विधिवत् रूपमा देवताको पूजाआजा शुरु भएसँगै शनिबार बिहान भागेश्वर देवतालाई गाँजले ढोग गरेपछि दिउँसोको मेला शुरु भएको थियो।

लाटा गन्याप देवताको भक्ति स्वरूप बनाइने चौलोले प्रख्यात बडाल जाँतमा स्थानीय बाजागाजा, भोक्कर, देवलहरूका भाला, गुर्जा, खुकुरी र तरबार हातहातमा समातेर खेलिने भएकाले यो मेलाले सुदूरपश्चिममा प्रसिद्धि पाएको छ।

कार्तिक शुक्ल नवमीको राति पूजा गरी, जाग्राम बसेर दोस्रो दिन बिहानदेखि लाटागन्याप देवताको दर्शन गरे मनोकामना पूरा हुने जनविश्वास छ। दाइन, दमाहा, रुइसिंग, भोक्कर बाजागाजाका साथ स्थानीय हातमा ढाल तरबार खेलाई चौलो खेल्दै गाँज नचाई सकेपछि बडाल जाँत सम्पन्न हुन्छ।

​प्राचीनकालदेखि चलिआएको छलिया जाँत हेरेपछि देवी देवताको दर्शन र आशीर्वाद प्राप्त हुने विश्वास छ। मेलामा स्थानीय अन्य गाउँबाट पनि देवरो ल्याउने चलन छ। कुजाकोट, रुमायल, बडाल, थप्सालगायतको स्थानबाट देवरो आए पनि मूल देवरो भने मालीगाउँबाट ल्याइन्छ।

ढाल तरबार खेलाई नाचिने भएकाले बडालको चौलो सुदूरपश्चिमको पहिचान बनेको छ। यो मेलामा स्थानीयको उत्पादन पनि साटासाट हुने गर्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.