|

धनकुटा  : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा धनकुटा प्रदेशसभा ख मा दुई सांसदबीच चुनावी भीडन्त हुने भएको छ। गत २०७४ सालको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा धनकुटा प्रदेशसभा (ख) मा वाम गठबन्धनको तर्फबाट निर्वाचित नेकपा एमालेका ईन्द्रमणी पराजुली र नेकपा माओवादी केन्द्रको समानुपातिक कोटाबाट प्रदेशसभा सांसद बनेकी कुसुमकुमारी श्रेष्ठ आसन्न निर्वाचनमा मुख्य प्रतिस्पर्धी छन्।

तत्कालीन समयमा पराजुली निर्वाचित हुँदै गर्दा नेकपा एमाले र माओवादी केन्द्रबीच गठवन्धन थियो। वाम गठवन्धनको कारण इन्द्रमणीलाई चुनाव जित्न सहज भएको थियो। आसन्न निर्वाचनमा भने पराजुली एमालेका तर्फबाट उम्मेदवार बनेका छन् भने सत्ता गठवन्धनको तर्फबाट उम्मेदवार बनेकी छिन्, माओवादी नेतृ श्रेष्ठ। उनलाई नेपाली कांग्रेस र एकिकृत समाजवादीको साथ छ।

त्यस्तै एमाले धनकुटाका अध्यक्षसमेत रहेका पराजुली दोस्रो पटक प्रदेशसभा सदस्यका लागि चुनावी मैदानमा छन्। प्रदेशसभा ख मा पाख्रिवास नगरपालिका, महालक्ष्मी नगरपालिका सहित छथजरजोरपाटी गरी तीन स्थानीय तह रहेका छन्। सहिदभूमि गाउँपालिकाको ४ र ५ वडा र धनकुटा नगरपालिकाको वडा नं. २ प्रदेश ख निर्वाचन क्षेत्रमा पर्दछ।

गएको २०७४ सालको स्थानीय तह निर्वाचनमा तीनवटै पालिकामा नेकपा एमालेले जीत हासिल गरेको थियो। पाख्रिवास नगरपालिकामा नगरप्रमुख, उपप्रमुख सहित सवै वडामा जित हासिल गरेर क्लीन स्वीप गरेको थियो। सहिदभूमि गाउँपालिकाको वडा नं. ४ र ५ पनि नेकपा एमालेकै उम्मेदवार विजयी भएका थिए।

छथरजोरपाटी गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष सहित ५ वडा र १ वडामा माओवादीले जितेको थियो। त्यस्तै महालक्ष्मी नगरपालिकामा पनि मेयर उपमेयर सहित अधिकांश वडामा पनि नेकपा एमालेकै उम्मेदवारको वर्चस्व थियो। जसको कारण पनि इन्द्रमणीलाई चुनाव जित्न सहज वनेको थियो।

तर २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम भने अघिल्लोभन्दा धेरै नै फरक छ। तीन वटै स्थानीय तह र अधिकांश वडामा गठवन्धनका उम्मेदवार विजयी भने। तीन स्थानीय तहको प्रमुख पदमा गठवन्धनका उम्मेदवार विजयी भएका छन्। प्रदेशसभा ख मा गठबन्धनको उपस्थिति वलियो देखिएको छ।

गत प्रदेशसभा संसदमा इन्द्रमणी पराजुली न्याय प्रशासन तथा विधायन समितिका सभापति थिए भने अहिले उनका निकटम प्रतिद्वन्दी कुमुशकुमारी श्रेष्ठ संसदको लेखा समिति सदस्यको रुपमा थिइन्।

अघिल्लो प्रदेशसभा निर्वाचनमा वामगठवन्धनको तर्फबाट उम्मेदवार बनेका उनले लोकतान्त्रिक गठवन्धनका उम्मेदवार जसपामा नेता अर्जुन थापालाई १२ हजार ४ सय २० मतान्तरले पराजित गरेका थिए। इन्द्रमणी २० हजार ५ सय ५१ मत ल्याएर विजयी बन्दा उनका निकटम् प्रतिद्वन्दी थापाले ८ हजार २ सय ३१ मत ल्याएका थिए।

नेकपा एमालेको तर्फबाट प्रदेशसभा ख का उम्मेदवार बनेका पराजुलीले धनकुटेली जनताले अघिल्लोपटक जिताएर पठाएका थिए, यो पटक पनि जिताएर पठाउने बताए। उनले धनकुटालाई शिक्षा र स्वास्थ्यको हव बनाउने आफ्नो योजना रहेको उनको दावी छ।

यसपालिको निर्वाचनमा माओवादीका पोलिटव्यूरो सदस्य तथा धनकुटा इञ्चार्ज हेमराज भण्डारी पाटी परित्याग गर्दै प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवा बनेका छन्। पत्रकार सम्मेलन गरेरै अधिकांश माओवादी नेता कार्यकर्ताले सामूहिक राजिनामा दिँदै स्वतन्त्र उम्मेदवारलाई साथ दिएका छन्। तर माओवादी नेतृ श्रेष्ठ भने धनकुटामा माओवादी पार्टी नरित्तिएको दाबी गर्छिन्।

केही प्रभाव त परेकै छ तर माओवादीभित्र नेता कार्यकर्ताको बलियो उपस्थिति रहेको उनी बताउँछिन्। स्थानीय तहको निर्वाचनमा गठवन्धन वलियो रहेको कारण जितको आधार यही रहेको उनी बताउँछिन्। ‘मैले समानुपातिक सांसद हुँदा पनि धेरै काम गरेको छु’ उनले भनिन् ‘उनले भनिन् अव प्रत्यक्ष सांसद जितेर काम गरेर देखाउनेछु।’

नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि बालानन्द दाहालले प्रदेश सभा ख मा वागी उम्मेदवार दिएका छन्। उनलाई कांग्रेस धनकुटाले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.