|

काठमाडाैं : नेपाली फिल्म ‘लाखे’ को टिमले काठमाडौंमा लाखे नाच प्रस्तुत गरेको छ। काठमाडौंको गोंगबुस्थित बिजी मलअगाडि सोमबार लाखे नृत्य प्रस्तुत गरेको हो।

कार्यक्रममा अभिनेता सौगात मल्ल, प्रशान्त ताम्राकार, आर्यन अधिकारी लगायतका कलाकारको उपस्थिति रहेको थियो। फिल्मको प्रचारका लागि निर्माण टिमले मुखुण्डो लगाएर फिल्मको प्रचार गरेको हो। कार्यक्रममा अभिनेता सौगात मल्लले नेपाली फिल्म ‘लाखे’ सबै नेपालीले हेर्नुपर्ने खालको रहेको बताए।

अभिनेता प्रशान्त ताम्राकार र आर्यन अधिकारीले पनि नेपालीहरूले नेपाली फिल्मलाई माया गरेर हलमै गएर फिल्म हेर्नेमा आशावादी रहेको बताए।

फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्बा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकारलगायत कलाकारको अभिनय रहेको छ।

सुजन प्रजापतिको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको फिल्ममा अर्जुन जिसीको सम्पादन, आकाश बरालको पटकथा, अनुप न्यौपाने र आकाश बरालको संवाद रहेको छ।

सिजन अर्यालको कथा रहेको यस फिल्मका निर्माता पनि अर्याल नै रहेका छन्। सम्राट बस्नेतले निर्देशन गरेको यस फिल्ममा हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन्।

फिल्म टिमले गत शुक्रबार देशभरिका सिनेमा हलमा प्रदर्शन भइरहेको फिल्मको प्रचारप्रसार गरिरहेको छ। फिल्मको प्रचारप्रसारका लागि नै फिल्म निर्माण टिमले विभिन्न ठाउँमा विभिन्न कार्यक्रम गर्दै आएको छ। 

गत शुक्रबार प्रदर्शनमा आए पनि फिल्मले उल्लेख्य सफलता भने हासिल गर्न सकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.