|

काठमाडौं : नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले पदअनुसार शिक्षकहरूलाई निर्वाचनमा जिम्मेवारी दिन माग गरेको छ। समितिले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कर्मचारी छनोटमा त्रुटी भएको भन्दै तत्काल त्रुटी सच्याउन निर्वाचन आयोग र जिल्ला  प्रशासन कार्यालय चौतारालाई ध्यानाकर्षण गराएको हो। 

सोमबार जारी ध्यानाकर्षण पत्रमा भनिएको छ,‘शिक्षक कर्मचारी परिचालन सम्बन्धमा कार्यालयले मतदान अधिकृत,सहायक मतदान अधिकृत र सहायक कर्मचारी छनोटको क्रममा त्रुटी भएको छ।’

समितिका अनुसार उक्त कर्मचारी छनोट प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन जनशक्ति व्यवस्थापन निर्देशिका २०७९ को दफा ११ को उप दफा २ अनुसार हुनुपर्ने थियो।

तर,उक्त दफा अनुसार शिक्षक कर्मचारी परिचालन गरिएको छैन। ‘गम्भीर त्रुटी देखिएको सो प्रति हाम्रो ध्यानाकर्षण भएको र उक्त कुरालाई सच्याउन अनुरोध गर्दैछौँ,’ध्यानाकर्षण पत्रमा उल्लेख छ।  

यस अघि पनि नेपाल शिक्षक महासंघले तह अनुसार शिक्षक कर्मचारी परिचालन गर्न आयोगलाई ध्यानाकर्षण गराएकाे थियाे।​​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.