काठमाडौं : मोरङ–३ अन्तर्गत प्रदेशसभा (१) का उम्मेदवार तथा प्रदेश सरकारका मन्त्री शेखरचन्द्र थापाको डेंगुका कारण निधन भए पनि यहाँको निर्वाचन स्थगित नहुने भएको छ। मोरङ–३ अन्तर्गत प्रदेशसभा (१) मा मनोनयन प्रक्रिया सुरु भएको छ। निर्वाचन आयोगले कांग्रेसको तर्फबाट अर्को उम्मेदवारको मनोनयन प्रक्रिया सुरु गरेको हो।
निर्वाचन आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलले नयाँ उम्मेदवारको मनोनयन, दाबीविरोध, फिर्ता र अन्तिम नामावली प्रकाशनको प्रक्रिया अघि बढाइने जानकारी दिए। उनका अनुसार मंसिर ४ गतेको निर्वाचन स्थगित हुने छैन।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आउनु एक साताभन्दा अगाडि निधन भएकाले निर्वाचन नरोकिने बताए। उनले औपचारिक जानकारी आउनासाथ आजैबाट मनोनयन प्रक्रिया सुरु गरिने बताए।
मनोनयनकै दिनदेखि बिरामी परेका उनी नोबेल मेडिकल कलेजमा उपचारत थिए। बुधबार बिहान १०ः३० बजे उनको निधन भएको हाे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।