|

काठमाडौं : प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन नजिकिँदै गर्दा कला क्षेत्रमा पनि त्यसको प्रभाव देखिएको छ। कोही कलाकार तटस्थ देखिएका छन्, कोही कलाकार आफ्नो आस्था अनुसारको पार्टी तथा मन परेको उम्मेदवारलाई जिताउन आफ्नो आफ्नो ठाउँबाट लागि परेका छन्। 

लेखक तथा अभिनेता दीपक राज गिरीले फेसबुक स्टाटस लेख्दै आफूले कुनै पनि पार्टी या उम्मेदवारका लागि भोटको अपिल नगर्ने जिकिर गरेका छन्। मंगलबार आफ्नो फेसबुक स्टाटसमा उनले लेखेका छन्, ‘कलाकार लाइ गहना किन भनेको होला? सायद सबैले प्रिय र साझा ठानेकोले होला। त्यसैले म कुनै एक समूहको हुन सकिन।’ भने उनको स्टाटसमा अर्का निर्देशक तथा कलाकार निश्चल बस्नेतले प्रतिक्रिया दिएका छन्। 

आवश्यक परेको बेलामा देशको हितका लागि बोल्नुपर्ने दायित्व कलाकारको पनि रहेको जनाउँदै बस्नेतले लेखेका छन्, ‘राष्ट्रलाई गहिरो खाल्डोबाट जोगाउन भूमिका खेल्नु पनि गहनाको कर्तव्य होला। पेशाभन्दा पहिला देश, की के हो दाई।’ निश्चल कुनै पार्टीमा आबद्ध नभए पनि सामाजिक सञ्जालमार्फत स्वतन्त्र तथा युवा उम्मेदवारहरूको पक्षमा बोल्दै आएका छन्। 

त्यस्तै, निश्चलको भनाइ आधा सत्य रहेको बताउँदै दीपकले प्रतिक्रिया मै लेखेका छन्, ‘वकिलले राम्रो गरेन ,वकिल खोज्ने , डाक्टर ले राम्रो गरेन डाक्टर बन्न जाने , मन्त्री ले राम्रो गरेन मन्त्री खोज्न जाने गरेर साध्य चल्दैन ब्रदर। आफू जे हो , त्यो काम इमानदार भएर गर्नु पर्छ भन्ने आशय मात्रै हो। हामीले सपोर्ट गरेकोले पनि देश लाइ खाल्डो मा हाल्दैनन् भन्ने केही ग्यारेन्टी छ र ब्रदर?’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.