|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट यहाँको निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार रवीन्द्र मिश्रले आज मध्यबानेश्वर क्षेत्रमा चुनावी घरदैलो अभियान गरेका छन्।

मतदातासामु भोट माग्ने क्रमम उनी आज उनी राप्रपाका प्रदेस क का उम्मेदवार तथा  नेता कार्यकर्तासहित मध्य बानेश्वर क्षेत्रमा ब्यस्त रहे। 

०७४ को संघीय निर्वाचनमा उनी यसै क्षेत्रबाट विवेकशील साझाबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। त्यतिबेला विवेकशील साझाबाट चुनाव लडेका मिश्र, काङ्ग्रेसका प्रकाशमान सिंहसँग झिनो मतान्तरले पराजित भएका थिए। यसपटक भने आफू यस क्षेत्रबाट निर्वाचित हुने उनले दाबी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.