|

काठमाडाैं :​तपाईंलाई थ्रिलरहरू मन पर्छ भने  चलचित्र ‘मिली’ उपयुक्त हुन सक्छ। 

यस चलचित्रमा बाबुछोरीको सुन्दर भावुक सम्बन्धलाई दर्शाइएको  छ।  मथुकुट्टी  जेभियरले निर्देशन गरेको चलचित्रमा नायिका जान्हवी कपुर मिलीको बलियो भूमिकामा देखिएकी छिन्।  

चलचित्र सत्य घटनामा आधारित छ। यस चलचित्रको कथा नर्सिङ पढ्ने विद्यार्थी मिली नोदियालको   वरि परि घुम्छ;  जो  एउटा  चिसो भित्र फसेको हुन्छ  तर  उनको   अवस्था  कसैलाई  थाहा हुँदैन। 

जीवित रहनका लागि उनले  गरेको  हतास प्रयासले  चलचित्र हेर्दा छक्क पार्न सक्छ। चलचित्रमा यस्ता धेरै  कुरा छन्। चलचित्र थ्रिलरमा आधारित भए पनि यसभित्रको   कथाले   एउटा  भ्रष्ट  प्रहरीसँगै   बाबु  र   छोरीको  सुन्दर  सम्बन्धलाई पनि छुन्छ। 

बाबु  र छोरीबीचको मायासँगै उनीहरूको  हल्का रमाइलोपनले दर्शकलाई भावुक बनाउँछ। चलचित्रको    सङ्गीत यसको सबैभन्दा ठूलो विशेषता हो।  ​एआर रहमान र जावेद अख्तरको जोडीले चलचित्रको सङ्गीतमा ठूलो फड्को मारेको छ।  

चलचित्र (मिली) निर्देशक जेभियर कै मलयालम चलचित्र हेलेनको  हिन्दी  रिमेक हो।  जीस्टुडियो र बोनी  कपुरले चलचित्र निर्माण गरेका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.