|

काठमाडौं : सधैँ भिड रहने सिंहदरबार  पछिल्लो समय प्राय: सुनसान रहेको छ। मंसिर ४ गते हुने आसन्न प्रदेश तथा प्रतिनिधिसभा चुनावका लागि मन्त्रीहरू देश दौडाहमा रहेकाले उनीहरू मातहतका मन्त्रालय पनि सुनसान छन्।

बिहीबार सिंहदरबारका विभिन्न मन्त्रालयमा कर्मचारीहरू घाम तापेर बसिरहेका थिए। मन्त्रीहरूको कार्यकक्षमा 'बाहिर' भन्ने बोर्ड टाँसिएका थिए। जसले गर्दा मन्त्रालयका कामहरू प्रभावित बनेका छन्।

शहरी मन्त्रालय, भौतिक योजना तथा निर्माण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालयलगायत अधिकांश मन्त्रालयमा अहिले मन्त्रीविहीन बनेका छन्। ५ वटा मन्त्रालयसमेत ओगटेका प्रधानमन्त्री शेरबहादुर देउवा चुनावमा सुदूरपश्चिमको यात्रामा लागेपछि उनले सम्हालेका विभिन्न मन्त्रालय पनि केही दिनयता  सुनसान छन्।  

कृषी मन्त्रालयका एक अधिकारीले मन्त्रालयको काममा सुस्तता आएको बताए। 'चुनावी माहोलका कारण सेवाग्राहीको चाप पनि शून्य छ भन्दा पनि हुन्छ। तर, कर्मचारीहरू भने आएर फर्किने गरेका छौं', ती कर्मचारीले भने।

कृषी मन्त्रालयका ती अधिकारी जस्तै अन्य मन्त्रालयमा भेटिएका कर्मचारीहरूले पनि चुनावको बहानाले मन्त्रालयमा अहिले कामको चाप नरहेको जिकिर गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.