|

काठमाडा‌ैं : नेपाली चलचित्र ‘कबड्डी ४’ सिनेमाघर एप्लिकेशनबाट हेर्न मिल्ने भएको छ। सिनेमाघर एपका सञ्चालक र ‘कबड्डी ४‘ का निर्माताले बिहीबार अनलाइन प्लाटफर्मबाट चलचित्र प्रदर्शन गर्ने बताएका हुन्।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभिनेता एवं सिनेमाघर एपका सञ्चालक खगेन्द्र लामिछानेले नेपाली सिनेमाको प्रोत्साहन र विकासका लागि अनलाइन प्लाटफर्म अनिवार्य भएको बताए।

उनले एप्लिकेशनमा पैसा तिरेर फिल्म हेर्ने बानी नेपालमा विस्तारै विकास भइसकेको बताए। लामिछानेले सिनेमाघर एपमा ‘जय भोले’ र ‘रातो टीका’ निधारमा लगायतका फिल्महरू राखिसकेको र फिल्महरूले युट्युबमा कमाउनेभन्दा राम्रो पैसा कमाएको बताए।

उनले भने, ‘एप्लिकेशनमा पैसा तिरेर फिल्म हेर्ने बानी विकास भइरहेको छ। त्यो क्रम दिनदिनै बढिरहेको छ। हालै हामीले ‘जय भोले’ र ‘रातो टीका’ निधारमा रिलिज गरेका थियौँ। त्यसले राम्रो नै परफर्मेन्स गर्‍याे। युट्युबबाट भन्दा धेरै पैसा जम्मा गर्‍याे। अहिले हामी ‘कबड्डी’ रिलिज गर्दैछौँ। थोरै भए पनि पैसा तिरेर हेर्दा त्यसले नेपाली सिनेमाको श्रीवृद्धिमा नै राम्रो भूमिका खेल्छ।’

उनले नेपालीहरूमा पैसा तिरेर फिल्म हेर्ने बानी बसाल्न पनि एप्लिकेशनबाट सहयोग पुगेको बताए।

उनले थपे, ‘त्यसैले पनि नेपाली फिल्महरूको प्रोत्साहन गर्नुपर्छ। पैसा तिरेर फिल्म हेर्ने बानी बसाल्नुपर्छ। रेभिन्यूको हिसाबले युट्युबभन्दा माथि आइसकेको छ, हाम्रो एप्लिकेशन, नेपाली सिनेमाको लागि डिजिटल मार्केट, अबको ४ वर्षपछि नेपाली सिनेमा बन्ने पैसाको लगभग ५० प्रतिशत संकलन गर्न सक्छौँ।’

लामिछानेले नेपाली सिनेमाको लागि डिजिटल मार्केटबाट अबको ४ वर्षपछि नेपाली सिनेमा निर्माण हुने रकमको लगभग ५० प्रतिशत संकलन गर्न सकिने पनि बताए। ‘कबड्डी ४’ ले शुक्रबारदेखि सिनेमाघरमा प्रदर्शन थालेकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.