|

काठमाडौं : आयुष्मान खुराना अभिनीत बलिउड फिल्म एन एक्सन हिरोको ट्रेलर सार्वजनिक भएको छ। अनिरुद्ध ऐयरको लेखन तथा निर्देशनमा बनेको फिल्मको ट्रेलर शुक्रबार सार्वजनिक भएको हो। 

एक्सन, सस्पेन्स जनरामा बनेको फिल्ममा आयुष्मान एक अभिनेताको भूमिकामा देखिएका छन्। उनले एक्सन हिरोको रुपमा पहिचान बनाएको एक अभिनेताको भूमिका निर्वाह गरेका छन् जो वास्तविक जीवनमा विभिन्न समस्यामा फस्दै जान्छ। 

फिल्ममा आयुष्मान बाहेक जयदिप ऐलावत, जितेन्द्र राव, एलेजेन्डर गर्सिया, मोहम्मद तालिव लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। एन एक्सन हिरो आयुष्मानको यो वर्ष मात्र प्रदर्शनमा आउन लागेको तेस्रो फिल्म हो। यसअघि उनका 'अनेक' र 'डक्टर जी' प्रदर्शनमा आइसकेका छन्। 

फिल्म डिसेम्बर २ देखि प्रदर्शनमा आउँदैछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.