|

इङलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी ब्रेन्टफोर्टसँग अप्रत्यासित हारको सिकार भएको छ। शनिबार साँझ भएको खेलमा सिटी पाहुना टोली ब्रेन्टफोर्डसँग २-१ ले स्तब्ध बन्यो।​

ब्रेन्टफोर्डले सिटीलाई उसकै मैदानमा पराजित गर्दा घरेलु मैदानमा सिटीले निरन्तर १६ खेलदेखिको अपराजित यात्राको समेत अन्त भयो। सिटीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको ब्रेन्टफोर्डका लागि दुबै गोल इभान टोनीले गरेका थिए।

१६ औँ मिनेटमा टोनीले ब्रेन्टफोर्डलाई अग्रता दिलाएका थिए फिल फोडेनले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।

दोस्रो हाफमा सिटीले गोलका केही राम्रा मौका चुकायो तर १० मिनेट थप गरिएको इन्जुरी समयमा काउन्टर याट्याकमा ब्रेन्टफोर्टले ८ औं मिनेटमा अग्रता दोब्बर बनाउँदै महत्त्वपूर्ण तीन अंक हासिल गर्दै ११ औँ स्थानमा उक्लियो। हारपछि सिटीले आर्सनललाई पछि पार्दै शीर्ष स्थानमा पुग्ने मौका चुकायो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.