|

बैतडी : भीरबाट लडेर शनिबार बैतडीमा एक कर्मचारीको मृत्यु भएको छ। मृत्यु हुनेमा सिगास गापा–८ लुपुँडकी ३० वर्षीया सरस्वती धामी बोहरा रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

सिगास गापामा कम्प्युटर अपरेटर पदमा कार्यरत सरस्वतीको घरनजिकैको भीरमा शनिबार दिउँसो खर काटिरहेका वेला लडेर घटनास्थलमै ज्यान गएको हो।  

बोहरा डेढ महिना अघिमात्रै कम्प्युटर अपरेटर पदमा नियुक्त भएकी थिइन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.