|

बलिउड अभिनेता आमिर खानले अभिनयबाट केही समयको लागि ब्रेक लिने बताएका छन्। लगातार ३ दशकभन्दा बढी समय अभिनयमा सक्रिय रहेका आमिरले केही समय ब्रेक लिएर परिवारसँग समय बिताउने चाहना रहेको बताएका हुन्। 

‘लाल सिंह चड्ढा’ प्रदर्शनमा आइसकेपछि नयाँ फिल्म ‘च्याम्पियन्स’को निर्माण तयारीमा रहेका आमिर लाल सिंह चड्ढा व्यावसायिक रुपमा असफल भएपछि अभिनयबाट ब्रेक लिने निर्णयमा पुगेका हुन्। निर्माताको रुपमा भने आफू सक्रिय रहिरहने पनि उनले जनाएका छन्। 

यसअघि सन् २०१८ मा प्रदर्शनमा आएको ‘ठग्स अफ हिन्दुस्तान’ पछि आमिर ४ वर्ष पर्दामा देखिएका थिएनन्। गत अगस्टमा प्रदर्शनमा आएको ‘लाल सिंह चड्ढा’ले पनि अपेक्षित प्रदर्शन नगरेपछि आमिर निराश भएका हुन्। ‘लाल सिंह चड्ढा’ ओस्कार विजेता हलिउड फिल्म फरेस्ट गम्पको हिन्दी रिमेक हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.