सुर्खेत : मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सामग्री ढुवानी गर्न नेपाली सेनाको हेलिकोप्टर हुम्ला पुगेको छ।
उत्तरी नाम्खा गाउँपालिका–६ को लिमीका ३ मतदान केन्द्रमा नेपाली सेनाको हेलिकप्टरबाट निर्वाचनमा खटिने कर्मचारीसहित मतपेटिका र मतपत्र ढुवानी गर्न थालेको हो।
हिमपातले न्यालुलेक बाटो अवरुद्ध भएपछि कर्मचारी र मतपत्र ढुवानीका लागि नेपाली सेनाको हेलिकप्टर हुम्ला पुगेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए।
लिमीका ३ मतदान केन्द्र हल्जी, जाङ, तिल मतदान केन्द्रका लागि नेपाली सेनाको एमआई-१७ बाट कर्मचारी र निर्वाचन सामग्री लिमी जाने निमित्त निर्वाचन अधिकारी रानाले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।