|

जी–२० सम्मेलन चलिरहँदा रुसले युक्रेनको राजधानी किभ, लविभ र खार्किभ शहरमा आक्रमण गरेको छ। 

किभमा भएको आक्रमणमा कम्तीमा एकजनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। यहाँ  दुईवटा भवन क्षतिग्रस्त भएको बताइएको छ। युक्रेनी अधिकारीका अनुसार रुसले सबैभन्दा पहिले किभमा विस्फोट गराएको थियो। 

त्यसपछि पश्चिमी शहर लविभ हुँदै उत्तरपूर्वी सहर खार्किभमा रुसले हमला गरेको थियो। उत्तरी शहर जाइटोमिरमा पनि आक्रमण भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। युक्रेनको रक्षा मन्त्रालयका सल्लाहकारले रुसले करिब ७० मिसाइल प्रहार गरेको दाबी गरेका छन्। 

विश्व नेताहरू अहिले इण्डोनेसियाको बालीमा जी–२० शिखर सम्मेलनका लागि भेला भएका छन्। उनीहरूले युक्रेनमा रुसले गरेको आक्रमणको निन्दा गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.