|

काठमाडौं : रुसले युक्रेनमा हानेको मिसाइल पोल्याण्डमा खसेपछि जी सेभेन राष्ट्रका प्रमुखहरुको आपतकालीन बैठक बसेको छ। 

इण्डोनेसियामा जारी जी–२० बैठक आज सकिँदैछ। यही बैठकका दौरान जी सेभेन देशका नेताहरुले पोल्याण्डमा रुसी मिसाइल खसेको बारे छलफल गरेका हुन्। 

बैठकमा युरेपेली काउन्सिलका अध्यक्ष चाल्स मिसेल र युरोपेली संघका आयुक्त पनि सहभागी थिए। पोल्याण्ड उत्तर एटलान्टिक सन्धि संगठन नेटोको सदस्य राष्ट्र हो। 

अमेरिकी राष्ट्रपति जो बाइडेन र वेलायती प्रधानमन्त्री ऋषि सुनक पोल्याण्डसँग निरन्तर सम्पर्कमा रहेको र बाइडेनले नेटो प्रमुखसँग पनि कुराकानी गरेको बिबिसीले उल्लेख गरेको छ। 

स्थानीय समयअनुसार आज विहान युक्रेनको सीमा नजिकै रहेको पोल्याण्डको एक गाउँमा रुसी मिसाइल खस्दा दुई जनाको मृत्यु भएको थियो। लगत्तै पोल्याण्डको विदेश मन्त्रालयले रुसी राजदूतलाई बोलाएर घटनाबारे स्पष्टीकरण सोधेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.