|

ललितपुरका ३ वटै क्षेत्रमा भिन्न भिन्न चुनावी प्रतिस्पर्धा हुने देखिएको छ। सत्ता गठबन्धन र नेकपा एमालेवीच ललितपुर क्षेत्र नम्बर १ जति कडा प्रतिस्पर्धा हुने देखिए पनि क्षेत्र नम्बर २ र ३ को परिवेश बेग्लै देखिएको छ। 

क्षेत्र नम्बर १ मा पुरानै प्रतिस्पर्धी कांग्रेसका उदय शमसेर राणा र एमालेका तर्फबाट निवर्तमान सांसद नवराज सिलवालबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। दक्षिणी ललितपुरका रुपमा चिनिने क्षेत्र नम्बर १ मा ग्रामीण देखी अर्ध शहरी भेग पर्दछन्।

ललितपुरका ३ वटै गाउँपालिका महाङकाल, कोन्ज्योसोम र बाग्मती यसभित्र पर्दछ भने गोदावरी नगरपालिकाका १२ र १४ नम्बर वडा बाहेक सबै वडा यही क्षेत्रमा पर्छ। ३ वटा गाउँपालिकाबाट उस्तै उस्तै मत आउने अनुमान गरिएको छ। यद्यपि हार जितको निर्णय गोदावरीका केही वडाले गर्ने देखिन्छ।

आफू यहीको स्थायी वासिन्दा भएको र आफ्ना एजेण्डाहरु पनि राम्रो रहेकाले चुनाव एमालेकै पक्षमा जानेमा सिलवाल ढुक्क छन्।  ‘यो मेरो घर भएकाले यहाँका गाउँ र हरेक ब्यक्तिसँग भिजेको छु , उनले भने।

अहिलेका मेरा एजेण्डा स्तरीय छन्। गोदावरीमा सुरुका केही दिन कांग्रेसका उम्मेदवार राणाको पक्षमा माहोल भए पनि पछिल्ला केही दिनमा सिलवाल प्रति धेरैको आकर्षण बढेको देखिन्छ।

स्थानीय तहको तुलना गर्ने हो भने कांग्रेस निकै नै बलियो देखिन्छ। यद्यपि स्थानीय तहको चुनाव र अहिलेको चुनाव फरक रहेकाले अनुमान यसै हुन्छ भन्ने अवस्था छैन्। २०७४ सालको चुनावमा सिलवालसँग नै राणा पराजित भएका हुन्। राणाले २०६४ सालको संविधानसभा निर्वाचनमा माओवादीका वर्षमान पुनसँग पराजित हुँदा २०७० सालमा भने राणाले जितेका थिए।

आफ्ना बुबा सागरशमसेर राणापछि यही क्षेत्रमा उत्रिएका राणाले दक्षिणी ललितपुर र गोदावरीका केही वडामा राम्रो नतिजा ल्याए पनि यही घर भएका  सिलवाललाई पार्टीसँगै स्थानीयको पनि मत आउने अनुमान छ। यहाँ घण्टी चुनाब चिन्ह लिएर उठेका डा सचिन घिमीरेले पनि सुरुवाती चर्चा अनुसारको मत नपाउने देखिएको छ।

यद्यपि उनलाई पार्टीप्रति वितृष्णा जागेकाले भोट हाल्ने अनुमान छ। हाल उनी विभिन्न माग राखेर आमरण अनसनमा छन्। यही क्षेत्रमा राप्रपाले पनि केही मत आफ्नो पक्ष्मा पार्ने अनुमान छ। 

मधुसुधन पौडेल बलियो 

क्षेत्र नम्बर १ को प्रदेशसभा तर्फ प्रदेश क मा एमाले उम्मेदवार बलियो देखिएका छन्। उनका प्रतिस्पर्धीका रुपमा रहेको गठबन्धनका हरि दाहाल तुलनात्मक रुपमा कमजोर देखिएका छन्।

महाङकाल गाउँपालिकाका ६ वटा वडा , कोन्ज्योसोम गाउँपालिकाका ३ वटा वडा र  गोदावरी नगरपालिका ६ वटा वडा यो प्रदेश क मा छ। गाउँपालिकामा भन्दा नगरपालिकामा पौडेललाई राम्रो मत आउने हुँदा दाहाल कमजोर हुने देखिन्छ।

२०६४ र २०७० सालमा गरी २ पटक संविधानसभाको उम्मेद्वार बनेका पौडेल दुवैपटक पराजित बनेका थिए। उनी एक पटक वर्षमान पुनसँग र अर्को पटक कांग्रेसका उदय राणासँग पराजित भएका थिए। हरि दाहाल पनि २०७० सालको चुनावमा उनै राणासँग पराजित भएका थिए।

गठबन्धन भए पनि कांग्रेसकै नेता कार्यकर्ताहरु माओबादीलाई भोट नहाल्ने मनस्थितिमा रहेका कारण पनि दाहाललाई गार्हो‍ पर्ने अड्कल काटिएको छ। यद्यपी माओबादीका नेता दाहाल भने गठबन्धनको राम्रो मत पाएर आफूले जित्ने दाबी गर्छन्। मलाई गठबन्धनले भोट दिन्छन्। म ढुक्कले चुनाब जित्छु, उनले भने। पौडेल पनि आफू चुनाबी घरदैलोका क्रममा देखीएको माहोलले चुनाब आफ्नो पक्षमा आउनेमा ढुक्क छन्। 

संजेल र मर्हजनको प्रतिस्पर्धा 

प्रदेश २ मा पनि एमालेका चेतनाथ संजेल र गठबन्धनका उम्मेदवार मिनकृष्ण मर्हजनबीच कडा टक्कर हुने अनुमान गरिएको छ।​ बागमती गाउँपालिका र कोन्ज्योसोम गाउँपालिकाबाट निकै राम्रो मत संजेलले ल्याए पनि मर्हजनले गोदावरीका वडाको भोट आफ्नो पक्षमा पार्नेमा बलियो देखिने अनुमान छ।

विकासप्रेमी नेताका रुपमा चिनिने संजेललाई खेलकुदको पृष्णभूमीबाट आएका मर्हजनले चुनौती दिइरहेका छन्। अघिलो चुनावमा पनि यी दुबैबीच प्रतिस्पर्धा हुँदा संजेलले बाजी मारेका थिए। 

क्षेत्र नम्बर २ मा प्रेम बलियो 

ललितपुर क्षेत्र नम्बर २ मा एमालेका तर्फबाट प्रेम मर्हजन र गठबन्धनको तर्फबाट कृष्णलाल मर्हजन चुनावी प्रतिस्पर्धामा छन्।​ यद्यपि  समाजवादीका कृष्णलाल भन्दा प्रेम महृजनको चुनाव जित्ने आधार बन्दै गएको छ।

कांग्रेसको साथ पाए कृष्णलालले जित्ने र कांग्रेसले साथ नदिए हार्ने देखिएको छ। अहिलेको त्यस क्षेत्रको माहोल हेर्दा प्रेम मर्हजन बलिया रुपमा देखिएका छन्। 
 

एमाले र गठबन्धनसँगै स्वतन्त्रको पनि टक्कर 

ललितपुर क्षेत्र नम्बर ३ मा गठबन्धनकी उम्मेदवार पम्फा भुषाल र एमालेबाट अमृत खड्का चुनावी मैदानमा छन्।

यद्यपि वर्तमान उर्जा मन्त्री एवं माओवादी नेतृ भूषाल भन्दा व्यवसायी तथा निर्यातकर्ता खड्का बलिया देखिएका छन्। यो क्षेत्रका धेरै स्थानमा खड्कालाई राम्रो मान्ने भेटिएका छन्। तर पनि सत्तामै रहेकी भुषाललाई पनि कमजोर आँक्न मिल्दैन।

खड्का २०५४ सालमा तत्कालीन सैंबु गाविसको अध्यक्ष समेत बनेका थिए। यही क्षेत्रमा चुनाव चिन्ह घण्टी लिएर उम्म्दवार बनेकी डा तोषिमा कार्कीको पनि माहोल बढ्दै गएको पाइएको छ।

पार्टफप्रति वितृष्णा लागेकाहरुको मत उनलाई बढ्ने देखिन्छ। कार्कीको चर्चा निर्वाचन आयोगको कारबाही र त्यसपछिको अदालतको आदेशले झन् बढेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.