|

काठमाडौं : मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको माहोल र मिति नजिकिँदै गर्दा बागमती नदी किनारमा रहेका सुकुम्बासी बस्तीका बासिन्दा आन्दोलनमा उत्रेका छन्।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी किनारमा रहेको सुकुम्बासी बस्ती हटाउने १० दिने सूचना जारी गरेपछि उक्त क्षेत्रका बासिन्दा आन्दोलनमा उत्रेका हुन्।

समितिले सूचना जारी गर्दै नदी किनारामा अनधिकृत रूपमा निर्माण भएका घरटहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन ४ मंसिरसम्मको समय दिएको छ।

चुनावी भोट र शक्ति आफ्नो पक्षमा पार्न देशभर राजनीतिक दल तथा उम्मेदवारहरू लागिरहेका छन्।

केही तस्वीर झलक :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.