|

जुम्ला : जुम्लामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। तातोपानी गापा-५ श्रीनगर गाउँमा एकजनाको मुत्यु भएको हो। मुत्यु हुनेमा १७ वर्षीय राजेश रावत रहेका छन्। सोही वडाका २३ वर्षका शंखु चौलागाईं घाइते भएका छन्।

पोल गाड्ने क्रममा बिजुलीको तार छोएपछि करेन्ट लागेर मृत्यु भएको विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले बताए। उनले भने, ‘यस्तो काम गर्दा प्राधिकरणलाई खबर गर्नुपर्ने हो। लाइन सटडाउन गर्नुपर्थ्यो। खबर नगरी काम गर्दा करेन्ट लागेछ।’ 

त्यस्तै घाइते चौलागाईंको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।  प्रहरीका अनुसार मृतकको शव पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको छ। 

त्यस्तै तातोपानी गापा अध्यक्ष नन्दप्रसाद चौलागाईंका अनुसार वडाको योजनानुसार सडक उज्यालो बिजुली सौर्य ऊर्जाको पोल गाड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो। उनले भने मृतकका परिवारलाई क्षतिपूर्ति र राहत दिने पालिकाले सोच बनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.