|

निर्वाचन लोकतन्त्रको मुटु हो। निर्वाचनको माध्यमवाट नै राष्ट्र र समाजलाई हित गर्ने योग्य र सक्षम जनप्रतिनिधिहरु चुन्न र अनुमोदन गर्न  पाइन्छ। यो नै लोकतन्त्रको सुन्दर पक्ष हो।आगामी मंसिर ४ गते मुलुकभर संघ र प्रदेशको निर्वाचन एकैसाथ हुँदै छ। निर्वाचनको मिति नजिकिएसँगै शहर देखि गाउँसम्म फरक फरक परिदृष्यहरु देखिन थालेका छन्।

नेपालमा निर्वाचनको अभ्यास हुन थालेको थुप्रै समय भैसक्यो। नागरिकहरुलाई बहुदल कि पञ्चायत रोज्ने भन्ने प्रयोजनमा भएको निर्वाचनदेखि आम निर्वाचन हुँदै संविधानसभाको निर्वाचन लगाएतका थुप्रै फरक प्रयोजनका निर्वाचनका अभ्यासहरु भइसकेका छन। हिजो शक्तिका भरमा शासकले चाहेको नतिजा प्राप्त गर्ने उद्धेश्यसहित गरिएका निर्वाचनका कारण बनेको गलत मानसिकता लामो समयसम्म कायम रह्यो। जसको कारण निर्वाचनले लामो समयसम्म सही मार्ग समात्न सकेन।

अहिले नेपाल राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गरेर गणतन्त्रको कार्यान्वायनको अभ्यासमा छ। व्यवस्था परिवर्तन भए पनि विगतको निर्वाचनका पुरानै मानसिकताको कारण निर्वाचनसम्बन्धी अनेक अनर्गल र भ्रामक प्रचारवाजीका साथ निर्वाचन कार्य अस्तव्यवस्त हुने गरेका थिय।  तर  भर्खरै सम्पन्न स्थानिय तहको निर्वाचन निकै सुधारात्क र रचनात्मक भएको पाइयो। उक्त निर्वाचनलाई मध्यनजर गर्ने हो भने यो निर्वाचन पनि त्योभन्दा अझ सौहार्दपुर्ण  रुपमा सम्पन्न हुँदै छ। 

आज पुराना दल तथा पुराना राजनितिकर्मीहरु आम नागरिकहरुको विश्वास वाट टाढिँदै गएका छन। यसो हुनु नितान्त राम्रो हैन। ति पुराना दलहरुको मुलुकमा ठुलो योगदान रहेको छ। यसर्थ अवको विकल्प भनेको दलहरुले आम नागरिक सँग विश्वास जित्नु नै हो। दलहरु विचमा सधैँ किचलो मच्चाउने हो भने राष्ट्रिय महत्वका कामहरु अलपत्र पर्दै जान्छन। यसको कारण नागरिकहरुमा थप नैराश्यता बढेर जान सक्छ।

अहिले निर्वान घोषणा भए सँगै सबै दलहरु तथा स्वतन्त्र व्यक्तिहरु चुनाव केन्द्रित काममा लागि हालेको देखियो। कसैले अनावश्यक भ्रम सिर्जना गर्न सकेन। बरु आ आफ्नै तयारीमा  तुरुन्तै लागि हालेको पाइयो। यस अवस्थालाई निर्वाचन कार्यमा भएको सुधार र वढ्दो विश्वास समेत मान्न सकिन्छ।

अहिलेको फरक दृष्य भनेको निर्वाचन प्रकृयालाई सहर्ष स्विकार गरेको तर पुराना दल र उम्मेद्वारहरु प्रति विश्वास गुम्दै गएको पाइन्छ। वर्षौंसम्म एउटै उम्मेद्वार दोहोरिनु र विकासका काम गफमै सीमित भएको देखिनुले मतदातामा त्यति उत्साह देखिँदैन। पटक पटकका निर्वाचनका प्रतिवद्धता पत्र र कामको श्रृङखला हेर्ने हो भने ति पुराना अनुहारहरु विश्वासका पात्र विल्कुल छैनन। ति अनुहारहरु झुट र राज्य दोहनका दागले पोतिइसकेका छन भन्ने कुरा आम नागरिकहरुमा छ।

आज नागरिकहरु नयाँपनको खोजीमा छन भन्ने कुराको पुष्टि स्वतन्त्र उमेद्वारहरुको खोजी हुनुले गरेको छ। यसको ज्वलन्त उदाहरणका रुपमा काठमाण्डौ महानगरमा बालेन्द्र शाहको विजय लगाएत देशै भरमा विजयी स्वतन्त्र जनप्रतिनिधिहरुलाई लिन सकिन्छ। यसलाई आम नागरिकहरुको प्रगतिशिल र परिवर्तित विचार मान्न सकिन्छ।

राजतन्त्रात्मक व्यवस्था परिवर्तन भएर गणतन्त्रात्म शासन पद्धती शुरु भए पछिको समय मुलुक राजनीतिक संक्रमणमा फस्यो। यसको मुख्य कारण भनेको राजनितिक  दलहरुले आफु मात्र जस लिने र अर्कोलाई सिध्याउनमा केन्द्रित भए।राजनीतिमा निषेधको निषेध सिद्धान्त हावी भयो। अर्को दललाई पहिले सिध्याउने र आफु मात्र राज गर्ने भन्ने मान्यता अघि सर्यो। अन्तत अस्थित्वको लडाइले  देशलाई संक्रमणमा फसायो।

प्छिल्लो समय राजनितिक संकमण कम गर्ने सकारात्मक उद्धेश्यले हो या सत्ता प्राप्त गर्न सहज उपाय स्वरुप दलहरु विच ध्रुविकरण हुन शुरु भएको थियो। यसको उदाहरुणको रुपमा एमाले र माओवादीको एकिकरण , अनि लोकतान्त्रिक शक्तिहरु विचको ध्रुविकरण र मधेसवादी दलहरुको एकिकरण नै थिए। तर मुलुकको पहिलो शक्ति नेकपामा भएको खटपट र खण्डीकरणले सवै दलहरुलाई सोहि अवस्थामा पुर्यायो।अनि नागरिकहरु राजनितिक दलहरुको स्वार्थको खेलवाट आजित भए।

अहिले गिजोलिएको नेपाली राजनीतिको माझमा आशा र भरोषाका साथ स्थानिय निर्वाचनमा भएको स्वतन्त्र जनप्रतिनिधिहरुको  विजय पश्चात स्वतन्त्र उम्मेद्वारहरुको लर्को नै देखिन्छ। यत्तिसम्म कि अहिले स्वतन्त्र पार्टी नामको दल समेत दर्ता भएको छ। यो सबैको एक मात्र कारण भनेको राजनीतिक दलभित्र मौलाएको अराजनीतिक क्रियाकलाप नै हो।

यसले एउटा नयाँ सोचको  विकास गर्न खोजेको जस्तो देखिन्छ भने अर्को तर्फ पुराना अवसरवादीहरु अवसरको लागि स्वतन्त्रको मखुण्डो भिर्न बाँकी छैनन्। कानुनी आधारमा स्वतन्त्र उम्मेद्वारी दिन  र जनप्रतिधि बन्न पाउने अधिकार सबैमा छ। र यसैको उपयोग गरेका पनि हुन। तर दलको विकल्प दल नै हो।

दलको विकल्प स्वतन्त्र हुदैन। दलमा जवाफदेहिता हुन्छ , नियन्त्रण हुन्छ अनि पद्धती हुन्छ। तर स्वतन्त्रहरुमा ति सवै कुरा पाउन सकिँदैन।

यस पटकको फरक आवज भनेको  उमेद्वारहरु पुरानै र बुढा पाका मात्र भए भन्ने चारै तिर सुनियो। एक ढंगले यो आवाजमा सत्यता छ। उमेर पाक्दै गएका राजनितिकर्मीमा विचारको निखारता बढ्दै जाने भएता पनि काम गर्ने उर्जा र शक्ति कम हुदै गएको हुछ। नीति , विचार र सिद्धान्तको बहस गर्ने र कार्ययोजना वनाउने काम आफुले गरेर युवा पुस्तालाई कामको मौका र जिम्मेवारी दिनु आजको समयको माग हो।

आज पुराना दल तथा पुराना राजनितिकर्मीहरु आम नागरिकहरुको विश्वास वाट टाढिँदै गएका छन। यसो हुनु नितान्त राम्रो हैन। ति पुराना दलहरुको मुलुकमा ठुलो योगदान रहेको छ। यसर्थ अवको विकल्प भनेको दलहरुले आम नागरिक सँग विश्वास जित्नु नै हो। दलहरु विचमा सधैँ किचलो मच्चाउने हो भने राष्ट्रिय महत्वका कामहरु अलपत्र पर्दै जान्छन। यसको कारण नागरिकहरुमा थप नैराश्यता बढेर जान सक्छ।

अब दलहरुले आफ्नो दल सञ्चालन देखि राज्य सञ्चालनको ढाँचामा सुधार ल्याउनु नै पर्छ। हरेक कुरामा सर्वस्विकार्य पद्धतीको विकास गर्न सकेको खण्डमा मात्र नागरिकहरुको इच्छा र आवश्यकता बमोजिमका कामहरु अगाडी बढ्न सक्छन। दलहरुले आफ्ना आन्तकि समस्याहरुमा सुधार गर्ने र दलहरु विचमा रहेको तिक्तता दुर गर्दै सहयोग र सहकार्यमा लाग्नु अपरिहार्य छ। नागरिक र क्रियाशिल दलहरु विचको आपसि विश्वास र सहयोग नै अग्रगमनको अन्तिम विकल्प हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.