|

विश्व फुटबलको महाकुम्भ, विश्वकप भोलि अर्थात् आइतवारदेखि औपचारिक रूपमा शुरु हुँदै छ। विश्वकप शुरु हुनै लाग्दा फिफाले विश्वकपलाई सबैभन्दा ठूलो आम्दानीको स्रोतका रूपमा प्रयोग गर्छ।

विश्वकपबाट फिफाले कति कमाउला त? यसको सहज जवाफ भनेको धेरै कमाउँछ। अर्थात् आयोजक कतारले भन्दा बढी फिफाले आम्दानी गर्नेछ।

प्रतियोगितामा फिफाको सबैभन्दा बढी खर्च हुने भनेको पुरस्कार राशिमा हो। विश्वकपको कुल पुरस्कार राशि ४४ करोड डलर रहेको छ। तीमध्ये विश्वविजेता टिमले ४ करोड २० लाख डलर प्राप्त गर्नेछ।

विश्वकपका लागि जति पनि टोली छनोट भएका छन्, ती सबै टोलीले केही न केही रकम हातमा लिएर जानेछन्। सहभागी ३२ टोलीमध्येबाट १६ टोलीले नकआउट चरणमा स्थान बनाउनेछन्। बाँकी १६ टोली भने समूह चरणबाटै घर फर्किनेछन्।

समूह चरणबाट घर फर्किने १६ टोली प्रत्येकले ९० लाख डलर पाउनेछन्। सो रकम नकआउट, क्वाटर फाइनल र सेमिफाइनल पुग्ने टिममा बढ्दै जानेछ।

विश्वकपको कमाइको सबैभन्दा ठूलो स्रोत टेलिभिजन प्रसारणको बिक्री नै हो। यसबाट फिफाले २४ करोड ७० लाख डलर आम्दानी गर्छ। त्यस्तै फिफाले टिकट विक्री र प्रायोजकहरूबाट उठाएको पैसा हिसाब गर्दा ४ अर्ब ७० करोड डलर बराबर हुन्छ।

पूरा प्रतियोगिताका क्रममा खटिने प्राविधिक जनशक्ति र पारिश्रमिकमा २० करोड ७० लाख डलर खर्च गर्छ भने फिफाले सहभागी टोलीलाई ३२ करोड ६० लाख डलर खर्च गर्छ। समग्रमा फिफाले १ अर्ब ७० करोड डलर बराबर खर्च गर्छ।​

समग्रमा फिफाले आम्दानी र खर्च सबै हिसाब गर्दा यो विश्वकपबाट औसत तीन अर्ब डलर जोगाउनेछ। फिफाले आफ्नो खर्चका लागि कुल आम्दानीको दश प्रतिशत रकम त्यसबाट काट्छ र जति रकम बच्छ, त्यो आफ्ना सदस्य देशलाई खेलको विकासको नाममा छुट्याउने गरेको छ।

फिफाका सदस्य संख्या दुई सयभन्दा बढी छन्,  यो रकम तिनकै भागमा पर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.