|

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले यमुना नन्द नमूना माध्यामिक विद्यालय मतदान केन्द्र मुसिकोट नगरपालिका–५ सेरीगाँउ रुकुमपश्चिम मतदान केन्द्रबाट मतदान गरेका छन्। उनी वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट रुकुम पश्चिममा उम्मेदवार हुन्।

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सिरानचोक गाउँपालिका–८ जौबारीको परोपकार आर्दश मावि क मतदान गरे। माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले रोल्पा नगरपालिका लिवाङ–१ को वामरुपकस्थित तारा मावि रोल्पामा आज बिहान ७ः३० मा मतदान गरे।  

नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले चितवन क्षेत्र नं १ को राप्ती–५ भण्डारा अस्पताल मतदान केन्द्रबाट मतदान गरे। उनी चितवन क्षेत्र नं १ मा एमालेका तर्फबाट उम्मेदवार छन्। 

वाम लोकतान्त्रिक गठबन्धनको समर्थन रहेको स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले तिलोत्तमा नगरपालिका–९ को गौतमबुद्ध आधारभूत विद्यालयमा मतदान गरे। उनी र"पन्देही १ मा स्वतन्त्र उम्मेदवार छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.