|

धनगढीः दार्चुलामा पूर्व पालिका अध्यक्षको मोटरसाइकल जलाइएको छ। जिल्लाको व्याँस गाउँपालिकाका पूर्व अध्यक्ष दिलिपसिंह बुढाथोकीको मोटरसाइकल जलाइएको हो।

प्रहरीका अनुसार शनिबार राति व्याँस गाउँपालिका–४ दोकटस्थित हरेन्द्रसिंह विष्टको घर बाहिर पार्किङ गरिएको बागमती प्रदेश ०२०२७ प ८०५१ नम्बरको मोटरसाइकलमा अपरिचित व्यक्तिले जलाएको हो। अहिलेसम्म ती व्यक्तिको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

‘आगजनी गर्नेहरुको परिचय खुलेको छैन्,’ उनले भने, ‘त्यसबाहेक जिल्लामा अहिलेसम्म निर्वाचन प्रभावित पार्ने घटना भएका छैनन्।’

विप्लव कार्यकर्ता समातिए

यस्तै दार्चुलामा चुनाव विरोधी गतिविधि गरिरहेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ। जिल्लाको लेकम गाउँपालिका–१ सर्मोलीबाट सोही ठाउँका २३ वर्षीय जीवन विष्ट र २६ वर्षीय सुरेन्द्र विष्टलाई प्रहरीले समातेको हो।

जीवन नेकपाको युवा संगठनका केन्द्रिय सदस्य हुन् भने सुरेन्द्र नेकपाका जिल्ला सदस्य हुन्। उनीहरुलाई बडिपुर माध्यमिक विद्यालय सर्मोली मतदान केन्द्रबाट पक्राउ गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.